मिति : २०८२ ज्येष्ठ १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सनीका कान्छा छोरा राजवीरको पनि फिल्ममा डेब्यू (ट्रेलर)

एजेन्सी, मुम्बई, 2023/09/04

Dono Release Date Out: Sunny Deol's Son Rajveer Deol's Romantic Debut With  Paloma To Hit The Theatres On October 5 - Deets Inside

 

बलिउड सुपरस्टार सनी देओल अभिनीत फिल्म ‘गदर २’ले भारतीय बक्स अफिसमा पाँच सय करोडको रेकर्ड बनाउन सफल हुँदा उनका कान्छा छोरा राजवीर देओल बलिउड डेब्यूका लागि तम्तयार अवस्थामा छन् । सनीका जेठा छोरा करण देओलले भने सन् २०१९ मा फिल्म ‘पल पल दिल के पास’बाट अभिनय करिअरको सुरुवात गरेका थिए । तर, उनको पहिलो फिल्म नै फ्लप भयो ।  

राजवीरको पहिलो फिल्म ‘दोनो’को सोमबार ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा उनको जोडी पलोमा थकेरियासँग बाँधिएको छ । पलोमाको पनि यो डेब्यू फिल्म हो । उनी बलिउडकी चर्चित अभिनेत्री पूनम ढिल्लोकी छोरी हुन् । ट्रेलरमा राजवीर र पलोमाको रोमान्टिक केमेस्ट्रीलाई देखाइएको छ । तर, राजवीरको अभिनय अत्यन्त कमजोर देखिन्छ । यद्यपि, उनी चार्मिङ देखिएका छन् ।

राजश्री प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई ‘हम आपके हैं कौन...!’ फेम्ड निर्देशक सूरज बडजात्याका छोरा अवनीश एस बडजात्याले निर्देशन गरेका हुन् । उनको पनि यो पहिलो निर्देशकीय फिल्म हो । यसअघि राजश्री प्रोडक्सनको प्रायः फिल्ममा असिस्टेन्ट डाइरेक्टरको रुपमा काम गरेको अनुभव उनीसँग छ । अक्टोबर ५ देखि फिल्म प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

मुम्बईमा आयोजित ‘दोनो’को ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता सनी देओलले आफूले फिल्म हेरिसकेको र राम्रो बनेको दाबी गरे । उनले भनेका छन्, ‘मैले यो फिल्म हेरिसकेको छु । यो आधुनिक समयको लभस्टोरी हो । ‘सोचा ना था’ फिल्म जस्तै लाग्नेछ । सायद त्योभन्दा पनि राम्रो ।’ राजश्रीले आगामी वर्ष सलमान खान र कृति सेननलाई लिएर फिल्म ‘प्रेम की शादी’को निर्माण गर्दैछ ।