मिति : २०८२ ज्येष्ठ १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

विवाह बन्धनमा बाँधिइन् निरुता सिंह

फिल्मीखबर, काठमाडौं, 2023/09/02

‘दर्पण छायाँ’ फेम्ड अभिनेत्री निरुता सिंह वैवाहिक जीवनमा बाँधिएकी छन् । लामो समयदेखि परिवारसँग मुम्बईमा बस्दै आएकी उनले भदौ १४ गते बिहीबार मुम्बई निवासी सञ्जीभ गुलाटीसँग विवाह गरेकी हुन् । निरुताले सामाजिक सञ्जालमा साझेदार गरेको विवाहको एउटा तस्वीरमा उनी श्रीमानसँग खुसी मुद्रामा देखिएकी छन् । दुवैको गलामा लामो माला र पृष्ठभूमिमा मन्दिर देखिन्छ ।

अभिनेत्री सिंहले विवाह बन्धनमा बाँधिएको जानकारी गराउँदै लेखेकी छन्, ‘यतिका वर्षदेखि एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो । त्यो हो ‘निरुताजी बिहे कहिले गर्ने ?’ भन्ने प्रश्न । आज त्यस प्रश्नको जवाफ दिएकी छु ।’ उनलाई प्रशंसक तथा फिल्मकर्मीहरुले वैवाहिक जीवनको शुभकामना दिइरहेका छन् । उनी श्रीमानसँग चाँडै नेपाल आउने बताइएको छ ।

 

Niruta Singh


कुनै समय नेपाली फिल्ममा जबर्जस्त उपस्थिति जनाएकी निरुताले करिब एक दशकपछि फिल्म ‘नाईं नभन्नू ल ५’बाट अभिनयमा पुनरागमन गरेकी थिइन् । मुख्य भूमिकामा भने उनको कमब्याक फिल्म ‘दाल भात तरकारी’ थियो । अब उनले मुस्कान ढकालको निर्देशनमा बन्न लागेको फिल्म ‘पञ्चामृत’मा काम गर्ने चर्चा छ । बसोबास मुम्बईमा भए पनि उनी नेपाल बाक्लै आउजाउ गर्छिन् ।

सन् १९९३ मा तुलसी घिमिरे निर्देशित फिल्म ‘दक्षिणा’बाट निरुताको अभिनय करिअर सुरु भएको थियो । ‘दर्पण छायाँ’ले उनलाई नयाँ परिचय दियो । कुनै समय उनको नामले नै फिल्म चल्छ भन्ने विश्वास मेकरमा हुने गरेको थियो । उनले ‘मन मन्दिर’, बन्दकी’, ‘खानदान’, ‘आफन्त’, ‘आमाको आर्शिवाद’, ‘दुनियाँ’, ‘लहना’, ‘नाता रगतको’ लगायत डेढ सय बढी फिल्ममा अभिनय गरेकी छन् ।