मिति : २०८२ ज्येष्ठ १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विपिनलाई लिएर कमलामाई चरित्रमाथि फिल्म बनाउन चाहन्छिन् झरना

फिल्मीखबर, काठमाडौं, 2023/09/01

jharana thapa

 

अभिनेत्री टर्न निर्देशक झरना थापाका लागि ‘ए मेरो हजुर’ पैसाको बोट हो । यसका तीनवटा श्रृंखलाले उनलाई सफल निर्देशकको रुपमा स्थापित गर्‍यो । तर, यसपटक उनले पैसा फल्ने बोट छाडेर ‘एक भगवत् गीता’ नामको नयाँ विरुवा रोपेकी छन् । नामै ब्रान्ड भएकाले ‘ए मेरो हजुर’का सिरिजमा उनलाई ठूलो व्यावसायिक दबाब थिएन । तर, यसपटक नयाँ नामका कारण चुनौती बढी छ ।

‘ए मेरो हजुर’लाई सिरिजको रुपमा तन्काउँदै आएकी झरनाले ‘एक भगवत् गीता’ व्यावसायिक हिसाबमा सफल भए फिल्मको एक चरित्रमाथि फिल्म बनाउने सोच बनाएकी छन् । शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले कमलामाईको क्यारेक्टरमा ट्रान्सवुमनको भूमिका निर्वाह गरेका अभिनेता विपिन कार्कीलाई लिएर ‘कमलामाई’ शीर्षकमै फिल्म बनाउने इच्छा रहेको बताइन् ।

झरनाले भनिन्, ‘यो फिल्मको सिरिज बन्छ या बन्दैन भन्ने कुरा समयको हातमा छ । समयले साथ दिएको खण्डमा अवश्य गरिन्छ । खासमा मलाई एउटा क्यारेक्टरमाथि फिल्म बनाउन मन छ । त्यो ‘एक भगवत् गीता’को कमलामाई हो । यो क्यारेक्टरमाथि फिल्म बन्यो भने विपिन कार्की नै दोहोरिनु हुन्छ ।’ यसका लागि विपिनले झरना थापालाई ‘धन्यवाद’ भन्दै काम गर्ने मौन स्वीकृति जनाए ।

झरनाले ‘ए मेरो हजुर’को पाँचौं श्रृंखला पनि निर्माण हुने संकेत गरिन् । उनले भनिन्, ‘अहिले ‘ए मेरो हजुर’को बोटमा स-साना मुना पलाइरहेको छ । त्यसको समय आएपछि फल लाग्छ अनि खान पनि पाइन्छ ।’ उनले लभस्टोरी कथामा आफूले ‘ए मेरो हजुर’को तीनवटा सिरिज बनाएको भएपनि ‘एक भगवत् गीता’मा एउटा सशक्त सामाजिक विषयलाई प्रस्तुत गर्न खोजेको दाबी गरेकी छन् ।