मिति : २०८२ ज्येष्ठ २१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बोबी’ अभिनेत्री कविता बनिन् कवि

फिल्मीखबर, काठमाडौं, 2023/08/12

kabita gurung

 

२०७५ सालमा प्रदर्शन भएको फिल्म ‘बोबी’ले कविता गुरुङलाई सेलिब्रेटी बनायो । उनकै प्रेमकथामा आधारित भएर फिल्म बनेको थियो । फिल्ममा उनकै श्रीमान् उमेश थापा हिरो थिए । घरेलू बक्स अफिसमा सुखद प्रदर्शन गरेको फिल्ममा कविता र उमेशले अभिनयमा राम्रो सम्भावना देखाएका थिए । यसपछि ‘बोबी २’ निर्माणको घोषणा गरियो । तर, अहिलेसम्म यो फिल्म बनेको छैन ।

‘बोबी २’ निर्माण भए कविता र उमेश फेरि एकपटक पर्दामा देखिनेछन् । अरु फिल्ममा भने हिरो-हिरोइन भएर नआउने उनीहरुले घोषणा नै गरिसकेका छन् । यसैले हुनसक्छ, कविताले अर्को माध्यमबाट दर्शकमाझ पुग्ने प्रयास गरिरहेकी छन् । अहिले उनको परिचय लेखक र कविको रुपमा समेत थपिएको छ । कविताले आत्मकथा (पुस्तक) र कविता संग्रह सार्वजनिक गरिसकेकी छन् ।

२०७८ सालको कात्तिकमा उनले आफ्नो जीवन भोगाइ समेटिएको पुस्तक ‘म अनि मेरो’ सार्वजनिक गरेकी थिइन् । यसबीच, उनले शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच ‘मेरो कविताको शीर्षक छ’ नामक कविता संग्रह सार्वजनिक गरेकी छन् । आत्मकथामा झैँ कवितामा पनि उनले आफ्नो जीवन भोगाईका अनुभवहरुलाई नै उतारेकी छन् । तर, आफू राम्रो कवि नभएको उनको बुझाई छ ।

कविता भन्छिन्, ‘म राम्रो कवि, साहित्यकार होइन । मैले लेखेको कविता सबैलाई सुनाउन र देखाउन मन लागेर सार्वजनिक गरेकी हुँ ।’ अभिनेत्री गुरुङले सार्वजनिक गरेको कविता संग्रहमा १० वटा कविता समावेश छन् । आगामी दिनमा अन्य कविता समेत थपेर पुस्तकमा ल्याउने उनको योजना छ । श्रीमान् र छोरासँग नर्वेमा बस्दै आएकी उनी कविता लेखनलाई निरन्तरता दिने बताउँछिन् ।