मिति : २०८२ ज्येष्ठ २१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.00/5.00)
Text size:-
+
-

अनमोल र नीतिपछि ‘रावायण’मा जोडिए शिल्पा र कामेश्वर

फिल्मीखबर, काठमाडौं, 2023/08/11

shilpa maskey and kameshwor chaurashiya

 

सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘रावायण’मा अभिनेता अनमोल केसी र मिस नेपाल पृष्ठभूमिकी नीति शाहपछि थप दुई कलाकार जोडिएका छन् । शुक्रबार निर्माण टिमले मुख्य भूमिकामा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरासियासँग सम्झौता गरेको छ । निर्मात्री सुप्रिया कटुवालले शिल्पा र कामेश्वरलाई फिल्ममा स्वागत गर्दै फेसबुकमा तस्विर सेअर गरेकी छन् ।

आगामी भदौबाट छायांकन सुरु हुन लागेको फिल्ममा अनमोलको दोहोरो भूमिका हुने जानकारी प्राप्त छ । उनको जोडी नीतिसँग बाँधिनेछ । उनीहरुले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । फिल्ममा अनमोल रावायण र नीति सीताको भूमिकामा हुने बताइएको छ । सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो फिल्मको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीको हो ।

पहिला अभिनेत्री पूजा शर्माले ‘रावायण’ शीर्षकमा नै फिल्म निर्माण गर्न लागेकी थिइन् । आफ्नो जोडीको रुपमा उनले अनमोललाई अनुबन्धित गरेकी थिइन् । तर पछि विभिन्न कारणले पूजाले फिल्मलाई अगाडि बढाउन नसकेपछि निर्देशक थापाले सबै स्वामित्व लिँदै ‘रावायण’ बनाउन लागेका हुन् । यही फिल्मका कारण गुरु मान्ने सुदर्शनसँग पूजाको पानी बाराबारको स्थिति रहेको चर्चा छ ।

फिल्म ‘मधुमास’देखि सुदर्शनले निर्देशन गरेका फिल्म (प्रसाद २ बाहेक)मा पूजा छुटेकी थिइनन् । उनीहरुको सहकार्य सफल पनि देखिएको थियो । तर, करिब ९ वर्षपछि निर्देशक थापाले पूजाबिना नै फिल्म बनाउने तयारी गरिरहेका छन् । यसले गर्दा पनि गुरु र चेलीको सम्बन्ध बिग्रिएको भन्ने बजारको चर्चामा ठूलो बल मिल्छ । उता पूजाले पनि आफ्नै हिसाबले फिल्म गर्दै आइरहेकी छन् ।