मिति : २०८२ ज्येष्ठ २१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नाङ्गो गाउँ’ गीतमा साम्राज्ञीसँग रोमान्टिक कार्म

फिल्मीखबर, काठमाडौं, 2023/08/11

 Samragyee RL Shah, Karma Shakya

 

सुपरहिट फिल्म ‘छ माया छपक्कै’ फेम्ड निर्देशक दीपेन्द्र लामाद्वारा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’को पहिलो रोमान्टिक भावको गीत सार्वजनिक गरिएको छ । ‘पहिलो नम्बर’ बोलको गीतमा किरण गजमेरको स्वर, राजेश अचार्यलको शब्द रचना र एसडी योगीको संगीत रहेको छ । गीतको गायकी शैली र संगीतले ६०/७० दशकतिरको आभाष गराउँछ । भिडियोको कन्सेप्ट पनि आकर्षक छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता कार्म र अभिनेत्री साम्राज्ञी आरएल शाह रोमान्टिक भावमा प्रस्तुत छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । फिल्ममा दयाहाङ राई र मिरुना मगरको पनि मुख्य भूमिका छ । फिल्मले एकजना इमानदार शिक्षकको राजनीतिक यात्रालाई देखाएको छ । यसअघि सार्वजनिक टिजरले फिल्मको कथा दयाहाङमा केन्द्रित रहेको बुझाउँछ ।

जय श्रेष्ठ निर्माता रहेको फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । रामहरी श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा शिशिर वाङ्देल, कमलमणी नेपाल, रविन्द्र झा, वुद्दि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, शिशिर तामाङ, श्रद्धा गिरी, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, शंकर आचार्य, इस्तु कार्की आदिको पनि अभिनय छ ।

आगामी भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा रोहित शाक्य र शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर, एसडी योगीसँगै दीपक शर्माको संगीत, राजेश अर्याल र दीपक शर्माको शब्द रचना, आलोक शुक्लाको छायांकन र बनिष शाहको सम्पादन छ । निर्देशक लामाले नेपाली समाजको मौलिक कथालाई पर्दामा उतार्ने प्रयास गरेको बताएका छन् । आरआर फिल्म्सले फिल्म वितरण गर्नेछ ।