मिति : २०८२ ज्येष्ठ २२, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बगान’को कमाई ‘जारी’पछिकै उच्च

फिल्मीखबर, काठमाडौं, 2023/08/11

saroj khanal and karishma manandhar

 

यस वर्षको बैशाख १ गते प्रदर्शित फिल्म ‘जारी’ले घरेलू बक्स अफिसमा अप्रत्यासित अंक जोड्यो । यो फिल्मले १७ करोडमाथिको कमाई गरेको छ । यसपछि धेरै आशातित फिल्म प्रदर्शनमा आए । तर, कुनैले एक करोडको आँकडा समेत छुन सकेनन् । गत असार २९ गते प्रदर्शन भएको फिल्म ‘बगान’ले भने ‘जारी’पछिकै उच्च कमाई गरेको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ ।

चौंथो हप्तासम्म फिल्मले १ करोड ९ लाख ३० हजार ग्रस कलेक्सन गरेको बोर्डका सदस्य रवि अधिकारीले जानकारी दिए । यो ५५ वटा हलको कमाई हो । बक्स अफिस सिस्टम जडान नभएका हल र कलेक्सन रिपोर्ट उपलब्ध गराउन बाँकी हलसहितको जोड्दा फिल्मले १ करोड २० लाख जति कमाई गरेको हुनसक्ने देखिन्छ । फिल्मको लगानीको हिसाबले यो अंकलाई हिट मान्न सकिन्छ ।

सर्ट फिल्म बनाउने योजनासहित ‘बगान’को निर्माण थालिएको थियो । पछि केही गीत र दृश्य थपथाप गरेर फिचर फिल्मको लम्बाई दिइएको हो । यसैले फिल्ममा ठूलो खर्च भएको छैन । न त खर्चिला कलाकार छन् । जसले गर्दा हलकै कमाईबाट लगानी सुरक्षित भएर निर्मातालाई खाजा खर्च आउने देखिन्छ । ‘बगान’ले नेपाली दर्शकमा पारिवारिक फिल्मको तिर्खा रहेको समेत देखाएको छ ।

अभिनयमा तीन दशकदेखि सक्रिय अभिनेता सरोज खनालले फिल्म निर्देशन गरेका हुन् । अभिनयमा उनको जुन अनुभव छ, त्यस आधारमा निर्देशन पक्ष भने कमजोर देखिन्छ । तर, उनले जुन विषय उठाएका छन्, त्यो प्रशंसनीय छ । फिल्मले एकल महिलाको कथालाई उठाएको छ । सरोज खनालसहित करिश्मा मानन्धर, प्रमिला कार्की, नीर शाह, मिथिला शर्माको फिल्ममा अभिनय छ ।