मिति : २०८२ ज्येष्ठ २४, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 3.43/5.00)
Text size:-
+
-

जताततै दयाहाङ : ‘बरिष्ठ बलराम’मा पनि जोडिए

फिल्मीखबर, काठमाडौं, 2023/08/07

 

यतिबेला करिअरको उचाइँमा छन्, दयाहाङ राई । अघिल्लो वर्ष ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ र यस वर्ष ‘जारी’को सफलताले उनलाई नेपाली फिल्मकै सबैभन्दा ठूलो स्टारको रुपमा उभ्याएको छ । र, उनको नाम र अनुहारले नै फिल्म बिक्छ भन्ने विश्वास मेकरहरुमा देखिएको छ । यसैले अहिले उनलाई फिल्म अफरको बाढी नै छ । उनले पनि हप्ता-हप्तामै नयाँ फिल्म सम्झौता गरिरहेका छन् ।

केही दिनअघि मात्रै दयाहाङले फिल्म ‘रङ्गेली ग्याङस्टर’ सम्झौता गरेका थिए । यसलगत्तै उनी नयाँ फिल्म ‘बरिष्ठ बलराम’मा पनि जोडिएका छन् । उनले एक हप्ताअघि फिल्म सम्झौता गरेर साइनिङ अमाउन्ट पनि बुझिसकेका छन् । दयाहाङले यो फिल्मलाई आगामी मंसिर महिनाको समय दिएको जानकारी प्राप्त छ । त्यसअघि उनले कम्तिमा तीनवटा फिल्मको छायांकन पूरा गर्नेछन् ।

सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको ‘बरिष्ठ बलराम’मा खगेन्द्र लामिछाने, दिव्या रायमाझी, विजय बराल, बुद्धि तामाङको पनि अभिनय रहनेछ । दिव्याले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । उनी अभिनेता दीलिप रायमाझीकी छोरी हुन् । अहिले अमेरिकामा रहेकी उनी यो फिल्मका लागि चाँडै नेपाल आउँदैछिन् । उनले १० लाख लिएर फिल्म गर्न लागेकी हुन् ।

रोहित अधिकारीले ‘बरिष्ठ बलराम’को निर्माण गर्नेछन् । यसअघि दुईवटा फिल्म ‘गाजलु’ र ‘छ माया छपक्कै’को निर्माण गरिसकेका उनी यसै वर्ष अभिनेता अनमोल केसीलाई लिएर फिल्म ‘फर्की फर्की’ पनि निर्माणको तयारीमा छन् । सम्भवतः आगामी दशैंपछि यो फिल्मको छायांकन हुनसक्छ । अर्को नयाँ फिल्मका लागि रोहितको दीपकराज गिरी समुहसँग सहकार्यको प्रयास भैरहेको छ ।