मिति : २०८२ ज्येष्ठ २४, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यादव खरेलदेखि नीर शाहसम्म भुवन चैत्य बसुन्धारा पुरस्कारबाट सम्मानित

फिल्मीखबर, काठमाडौं, 2023/08/07

bhuwan chaitya basundhara

 

भुवन चैत्य बसुन्धारा फाउण्डेसनले दुई वर्ष (२०७८ र २०७९)को पुरस्कार एकसाथ वितरण गरेको छ । आइतबार चलचित्र विकास बोर्डमा एक कार्यक्रमका बीच सञ्चारमन्त्री रेखा शर्माले फिल्मकर्मी र संगीतकर्मीलाई भुवन चैत्य बसुन्धारा पुरस्कारबाट सम्मानित गरेकी हुन् । सिभिल सेभिङ सहकारीमा फाउण्डेसनको १५ लाख रुपैयाँ फसेपछि दुई वर्ष पुरस्कार वितरण हुन सकेको थिएन ।

२०७८ सालको हरिश-भुवनचन्द पुरस्कार निर्देशक यादव खरेल र २०७९ सालको पुरस्कार कलाकार नीर शाहलाई प्रदान गरियो । यसैगरी संगीतकर्मी गणेश रसिकले ०७८ साल र अभिनेता शिव श्रेष्ठले ०७९ सालको चैत्यदेवी पुरस्कार प्राप्त गरे । यस्तै, अभिनेत्री मिथिला शर्मा ०७८ साल र अभिनेत्री शर्मिला मल्ल ०७९ सालको चेतनारायण-बसुन्धरा भुसाल पुरस्कारबाट सम्मानित भएका छन् ।

यो पुरस्कारको राशी जनही एकाउन्न हजार रहेको छ । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार संघका अध्यक्ष मोहन निरौला, रमेश बुढाथोकी, कृष्ण मल्ल, चेतन सापकोटा, करिश्मा मानन्धर, आकाश अधिकारीलगायतको उपस्थिति थियो । भुवन चैत्य बसुन्धारा फाउण्डेसन २०७५ सालमा स्थापना भएको थियो । यस फाउण्डेसनकी अध्यक्ष भुवन थापा चन्द हुन् ।