मिति : २०८२ ज्येष्ठ २४, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘कार्साङ’मा दयाहाङको जोडी सुरक्षा

फिल्मीखबर, काठमाडौं, 2023/08/01

 

अभिनेता दयाहाङ राई र अभिनेत्री सुरक्षा पन्तले तेस्रो पटक फिल्ममा एकसाथ काम गर्ने भएका छन् । ‘भैरे’ र ‘के घर के डेरा’पछि फिल्म ‘कार्साङ’मा उनीहरुको जोडी बाँधिन लागेको हो । यसै हप्ता निर्माण टिमले फिल्मको मुख्य भूमिकामा सुरक्षालाई अनुबन्ध गरेको हो । दयाहाङसँग भने गत जेठ दोस्रो साता सम्झौता गरिएको थियो । आगामी तिहारपछि फिल्मको छायांकन सुरु गरिँदैछ ।

कलाकार बुद्धि तामाङको पनि अभिनय रहने यो फिल्मबाट कोरियोग्राफर तथा ‘डान्सिङ स्टार नेपाल सिजन २’की विजेता छिरिङ शेर्पाले अभिनेत्रीको रुपमा करिअर सुरु गर्दैछिन् । शेर्पा समुदायको सामाजिक कथावस्तुमाथि निर्माण हुन लागेको फिल्मलाई यम शेर्पाले निर्देशन गर्नेछन् । उनको यो डेब्यू निर्देशकिय फिल्म हो । ‘कार्साङ’मा शेर्पा स्वयंको कथा, पटकथा तथा संवाद लेखन छ ।

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रुपमा पनि छन् । बाह्रविसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा फिल्मको छायांकन हुने निर्देशक शेर्पाले जानकारी दिए । निर्माण हुनुभन्दा अगावै फिल्मको ओभरसिज राइट्स बिक्री भैसकेको छ । अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको ‘कार्साङ’लाई नेपालमा आरआर फिल्म्सले वितरण गर्दैछ ।