मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘वेलकम ३’मा अक्षय, सञ्जय र अरशदपछि बबीको इन्ट्री

एजेन्सी, मुम्बई, 2023/08/01

welcome 3

 

बलिउड निर्माता फिरोज नाडियाडवालाको तीन ठूला फ्रेन्चाइज ‘हेरा फेरी’, ‘वेलकम’ र ‘आवारा पागल दीवाना’मा अभिनेता अक्षय कुमार एकपटक फेरि देखिँदैछन् । यसमध्ये सबैभन्दा पहिला उनले फिल्म ‘वेलकम ३’मा काम गर्नेछन् । फिल्ममा उनीसँगै परेश रावल, सञ्जय दत्त र अरशद वारसीको प्रवेश भैसकेको छ । यसबीच, यो फिल्ममा अभिनेता बबी देओलको पनि इन्ट्री भएको छ ।

पिंकविलाका अनुसार, ‘वेलकम ३’मा बबी महत्त्वपूर्ण भूमिकामा प्रस्तुत हुनेछन् । उनले यसअघि परेश, अक्षय र सञ्जयसँग विभिन्न कालखण्डमा केही फिल्ममा काम गरिसकेका छन् भने अरशदसँग पहिलो पटक सहकार्य हुन लागेको हो । उनीहरुको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप बलियो बनेको छ । यसपटक ‘वेलकम’ श्रृंखलामा नाना पाटेकर र अनिल कपूर नदेखिने चर्चा छ ।

आगामी वर्ष (२०२४)बाट छायांकन सुरु हुन लागेको फिल्म अघिल्ला श्रृंखलाझैं विवाहको वरिपरि घम्नेछ । अहिलेसम्म निर्देशकको नाम भने खुलासा गरिएको छैन । ‘वेलकम’को पहिलो श्रृंखला सन् २००७ मा आएको थियो, जसले भारतीय बक्स अफिसमा ९० करोडमाथिको व्यापार गरेको थियो । त्यस्तै, सन् २०१५ मा रिलिज भएको ‘वेलकम ब्याक’ले सय करोडको आँकडा छोएको थियो ।