मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘वानर सेना’को गीत रिलिज, आरजुको प्रेममा डुबे अर्पण

फिल्मीखबर, काठमाडौं, 2023/07/31

VANAR SENA

 

अर्पण गिरी (अरमान जंग)को डेब्यू निर्देशनमा बनेको फिल्म ‘वानर सेना’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो मनमा’ बोलको गीतमा निर्देशक गिरीको शब्द रचना तथा स्वर छ भने जोन तामाङको संगीत छ । गीतले फिल्मका मुख्य अभिनेता अर्पण गिरी (अरमान जंग) र अभिनेत्री आरजु प्रसाईंको प्रेमभाव बोल्छ । उक्त फिल्म आगामी असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

गिरी ग्राण्ड फिल्म्सको प्रस्तुति रहेको फिल्ममा किशोर खतिवडा, सुरवीर पण्डीत, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, विशाल बरालसँगै बालकलाकार मास्टर अमित पौडेललगायतको पनि अभिनय छ । साथै, विशेष भूमिकामा कामेश्वर चौरासिया र तेजस्वी बाँस्कोटाको अभिनय छ ।

युवराज गिरी निर्माता रहेको फिल्ममा विनोद सापकोटाको छायांकन, बन्दे प्रसादको सम्पादन, शंकर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन, नारायण रिजालको कोरियोग्राफी, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भीएफएक्स छ । निर्देशक गिरी स्वयंको कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई करण श्रेष्ठको रिच इन्टरटेनमेन्टले उपत्यकाभित्र र एफडी कम्पनीले उपत्यकाबाहिर वितरण गर्दैछ ।