मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

‘उपहार’ : आँचलसँग छलफल, बेनिशासँग सहमति

फिल्मीखबर, काठमाडौं, 2023/07/31

 

अघिल्लो वर्षको सुपरहिट फिल्म ‘झिँगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘उपहार’मा अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । आइतबार उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । फिल्ममा अब बेनिशाले अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्मासँग एकसाथ काम गर्नेछन् । आगामी भदौबाट फिल्मको छायांकन सुरु हुँदैछ ।

बेनिशाभन्दा अगाडि अभिनेत्री आँचल शर्मालाई फिल्म अफर गरिएको थियो । निर्देशक देउजाले आँचल ‘कन्फर्म’ भएको जानकारी समेत गराएका थिए । तर, पूजासँगको टसलका कारण फिल्ममा आँचलको प्रवेश हुन सकेन । रेखा स्वयं निर्माता रहेको फिल्ममा मुकुन भुषालको पनि मुख्य भूमिका रहनेछ । र, यो फिल्मबाट मिस्टर नेपाल २०२३ का विजेता समर्पणजंग कार्कीले डेब्यू गर्दैछन् ।

विष्णु कल्पितको छायांकन रहने फिल्म सामाजिक विषयवस्तुमा बन्न लागेको हो । काठमाडौं आसपासमा छायांकन हुने फिल्मको पटकथा तथा संवाद अभिमन्यू निरवीले तयार पारेका हुन् । ‘उपहार’बाट रेखा थापा ५ वर्षपछि निर्माण तथा अभिनयमा फर्किँदैछिन् । कुनै समय नेपाली फिल्म क्षेत्रमा आफ्नो सानदार दबदबा बनाएकी उनलाई पछिल्लो समय हिट फिल्म दिन सकस भैरहेको छ ।