मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सहकारीमा पैसा फसेपछि रिले अनसनमा बसे बसुन्धरा भुसाल र चैत्यदेवी

फिल्मीखबर, काठमाडौं, 2023/07/31

basundhara bushal

 

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाबाट पीडित बनेका वरिष्ठ अभिनेत्रीद्वय बसुन्धरा भुषाल र चैत्यदेवी सिंह न्याय माग्दै रिले अनसनमा बसेका छन् । सहकारीमा २ करोड ६० लाख रुपैयाँ फसेपछि रकम फिर्ताको माग गर्दै उनीहरु सोमबार काठमाडौंको माइतीघर मण्डलमा अनशन बसेका हुन् । उनीहरु दिउँसो १२ बजेदेखि राति १० बजेसम्मका लागि १० घण्टे रिले अनशनमा छन् ।

सहकारीमा पैसा फसेपछि आफ्नो विजोग भएको भन्दै चैत्यदेवीले दुखेसो पोखेकी छन् । उनले गहभरी हुँदै सञ्चारकर्मीसँग भनिन्, ‘सहकारीले पैसा खाएपछि हाम्रो विजोग भएको छ । गाँस-बास नै उठ्यो । जम्मा गरेको पैसा सहकारीले दिँदैन । घर चलाउन नै मुश्किल भएको छ ।’ सिंहले सहकारीमा आफ्नो ६३ लाख फसेको जानकारी दिइन् । उनले सरकारसँग न्यायको माग गरेकी छन् ।

त्यस्तै, बसुन्धरा भुषालले प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई भेटेर न्याय माग्दा पनि सुनुवाई नभएको गुनासो पोखिन् । तीन महिनादेखि आफू बिरामी रहेको बताउँदै उनी भन्छिन्, ‘हामी बाध्यताले अनसन बसेका हौं । हामी न्याय माग्न कहाँ मात्र गएनौं । तर, सुनुवाई भएको छैन । सहकारीका मालिकहरुको सबै सम्पत्ति जफत गरेर पीडितहरुलाई बाँड्न सरकारसँग अनुरोध गर्छु,’ उनले भनिन् ।

 

basundhara bushal


सोही सहकारीमा भुवन चैत्य बसुन्धरा फाउन्डेसनको अक्षयकोषको १५ लाख रुपैयाँ पनि फसेको छ । उक्त फाउन्डेसनबाट बर्सेनि डेढ लाख रुपैयाँ राशीको पुरस्कार वितरण हुँदै आएकोमा सहकारीमा रकम फसेपछि सो पुरस्कार हुन सकेको थिएन । यस वर्ष दुई वर्षको पुरस्कार एकसाथ वितरण गरिँदैछ । सिभिल सहकारीमा अभिनेत्री अञ्जु कारञ्जितको पनि लाखौं रुपैयाँ फसेको छ ।