मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘अदृश्य’बाट आफूमा निखारता ल्याउन पाएँ : रिश्ता बस्नेत

फिल्मीखबर, काठमाडौं, 2023/07/31

नेपाली फिल्मकी ‘डबिङ क्विन’को रुपमा चिनिन्छिन्, रिश्ता बस्नेत । ‘मारुनी’, ‘समर लभ’, ‘चपली हाइट २’ लगायत कयैन् फिल्ममा मुख्य र सहायक महिला कलाकारको डबिङ गरिसकेकी उनले अभिनयमा पनि आफ्नो छुट्टै पहिचान बनाएकी छन् । उनले काम गरेका फिल्मको संख्या एक/डेढ दर्जनभन्दा बढी छ । तर, उनको डेब्यू फिल्म ‘होस्टेल’ मात्र व्यावसायिक रुपमा सफल मानिन्छ ।

करिअरलाई मजबूद बनाउन एउटा हिट फिल्मको पखाईमा रहेकी रिश्ताको यस वर्षका लागि पहिलो फिल्म ‘अदृश्य’ यही साउन १९ गतेबाट प्रदर्शन हुँदैछ । फिल्ममा उनी प्रहरीको भूमिकामा छिन् । ‘अदृश्य’मा रिश्तासँगै प्रमोद अग्रहरी, प्रविण खतिवडा, रवि गिरी, सोहित मानन्धरलगायतको मुख्य भूमिका रहेको छ । उनी फिल्म राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा विश्वस्त देखिएकी छन् ।

 

rista basnet


‘अदृश्य’मा काम गरेर आफूमा निखारता ल्याउन पाएकोमा रिश्ता खुसी व्यक्त गर्छिन् । फिल्मबारे जानकारी दिने उद्देश्यले सोमबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा उनले भनिन्, ‘यो फिल्ममा मैले यति राम्रो कलाकारहरुसँग काम गर्न पाएँ । उहाँहरुसँग एकसाथ काम गर्दाखेरि मैले धेरै कुरा सिक्न बाँकी रहेछ भन्ने लाग्यो । मैले आफूमा निखारता ल्याउने एउटा राम्रो मौका पनि पाएँ ।’

त्यस्तै, प्रमोद अग्रहरीले अहिलेको समसामयिक विषयमा नै फिल्म बनेको जिकिर गरे । नेपालमा सस्पेन्स-थ्रिलर कथामा निकै कम फिल्म बन्ने गरेको बताउँदै उनले यस्ता विषयमा फिल्म निर्माण हुन आवश्यक रहेको औंल्याए । अर्का कलाकार प्रविन खतिवडाले फिल्म राम्रो बनेकाले दर्शकले रुचाउनेमा विश्वास व्यक्त गरे । उनले फिल्ममा काम गरेर केही नयाँ कुरा सिक्न पाएको पनि बताए ।

प्रल्हाद काफ्लेको निर्माण तथा निर्देशनमा बनेको फिल्ममा सिएम भारद्वाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मीको पनि अभिनय छ । मिना बस्नेत र उमारुद्रा काफ्लेको निर्माण रहेको फिल्मको सह-निर्मातामा रविन अधिकारी र रिकेश खत्री छन् । यो फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।