मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माताको जुधाईमा मुकुनको मिचाई

फिल्मीखबर, काठमाडौं, 2023/07/31

Mukun Bhusal

 

एउटा चर्चित उखान छ, ‘साँढेको जुधाईमा बाच्छाको मिचाई ।’ यो उखान अभिनेता मुकुन भुषालको हकमा दुरुस्तै चरितार्थ भएको छ । निर्माताहरुको जुधाईमा उनी भने नराम्रोसँग मिचाईमा परेका छन् । आगामी भदौ १४ गते उनी अभिनीत दुई फिल्म ‘गणपति’ र ‘ऐँचो पैँचो’ एकसाथ प्रदर्शनमा आउँदैछ । दुवै फिल्म फरक-फरक विषयमा बनेको भए पनि दुवै फिल्मको केन्द्रमा मुकुन छन् ।

‘गणपति’ले भदौ १४ गतेलाई प्रदर्शन मिति घोषणा गर्नसाथ ‘ऐँचो पैँचो’ले पनि त्यही मिति रोज्यो । दुईटा फिल्म एकसाथ प्रदर्शन हुने भएपछि प्रचारमा प्रतिस्पर्धा हुने भैहाल्यो । केही हप्ताअघि ‘गणपति’को गीत र ‘ऐँचो पैँचो’को टिजर एकैदिन रिलिज भएको थियो । अब मुकुनलाई ठूलो तनाब भनेको पब्लिसिटीमा हो । एउटालाई समय दिँदा अर्को फिल्मको निर्माता गाला फुलाएर बस्न सक्नेछन् ।

आफ्ना दुई फिल्म एकसाथ प्रदर्शन हुन लाग्दा मुकुन खुसी र दुखी दुवै छन् । ‘खुसी यो अर्थमा छु कि तेस्रो रिलिजमै मेरा दुई फिल्म एकसाथ लाग्दैछन् । दुःख यो मानेमा छु कि फिल्म चल्नु र नचल्नुले करिअरमा ठूलो भूमिका खेल्छ । दुवै फिल्म फरक विषयका छन् र दुवैका आफ्नै दर्शक पनि होलान् । निर्माताले व्यापार सुरक्षित हुने देखेरै त्यो मितिमा आउन लाग्नुभएको होला,’ उनी भन्छन् ।

मुकुन फिल्म ‘बुलबुल’बाट चर्चामा आएका हुन् । उक्त फिल्ममा उनको अभिनयको सानदार प्रशंसा भएको थियो । यसपछि साना-ठूला हरेक ब्यानरको रोजाईमा उनी छन् । अघिल्लो वर्ष उनी अभिनीत फिल्म ‘झिँगेदाउ’ सुपरहिट भएको थियो । अहिले उनलाई फिल्मको अभाव छैन् । भदौमा आफ्ना दुई फिल्म रिलिज भएपछि उनी अभिनेत्री रेखा थापासँग फिल्म ‘उपहार’मा काम गर्दैछन् ।