मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लक्की चार्म’सँग स्वस्तिमाको ‘ऐंचो पैंचो’

फिल्मीखबर, काठमाडौं, 2023/07/28

swostima khadka, barsha raut, mukun bhusal and sushil sitaula

 

विवाहपछि अभिनेत्रीको करिअर सुस्ताउँछ भन्ने मान्यतालाई गलत सावित गरेकी स्वस्तिमा खड्काले कमर्शियल र आर्ट हाउस दुवै धारका फिल्ममा उपस्थिति जनाएकी छन् । उनले व्यावसायिक सफलताको लोभमा कमर्शियल र अभिनय तथा चरित्रमा फरकपन पस्किन ‘आर्ट’ फिल्म रोज्ने गरेकी छन् । स्वस्तिमाको करिअरलाई सन्तुलित बनाइराख्न यी दुई धारका फिल्मको ठूलो भूमिका छ ।

अब उनी अभिनीत फिल्म ‘ऐंचो पैंचो’ आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउँदैछ । यो पूर्ण कमर्शियल फिल्म हो । ‘नाईं नभन्नू ल ५’पछि व्यावसायिक सफलताबाट विमुख उनलाई यो फिल्मबाट ठूलो अपेक्षा छ । संयोग चाहिँ के जुरेको छ भने उनको करिअरको महत्त्वपूर्ण फिल्मका कलाकारहरु (वर्षा राउत, मुकुन भुषाल तथा सुशील सिटौला)सँग उनले ‘ऐंचो पैंचो’मा सँगै काम गरेकी छन् ।

उनको डेब्यू फिल्म ‘होस्टेल रिर्टन्स’मा सुशील थिए, फिल्म सुपरहिट भयो । वर्षासँग ‘छक्का पञ्जा २’मा काम गरेकी थिइन्, त्यो पनि सुपरहिट भयो । मुकुनसँग उनको ‘बुलबुल’मा जोडी बाँधिएको थियो, जसले उनलाई कयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड दिलायो । यसअर्थ यी तीनजना कलाकार स्वस्तिमाको लागि ‘लक्की चार्म’ हुन् । यसपटक तीनैजनासँग उनले काम गर्ने अवसर पाएकी छन् ।

बिहीबार ‘ऐंचो पैंचो’को ‘काले कोटाले’ गीत सार्वजनिक कार्यक्रममा स्वस्तिमाले तीनैजना कलाकारसँग एकसाथ काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसपटक पनि राम्रो हुनेमा विश्वास व्यक्त गरिन् । डान्सिङ गीतको आफ्नो करिअरमा ठूलो भूमिका रहेको बताउँदै उनले ‘काले कोटाले’ गीत पनि आफ्नो लागि ‘स्पेशल’ रहेको बताइन् । आफूले धेरैपछि कमर्शियल फिल्म गरेको उनी बताउँछिन् ।