भाद्र १४ गते रिलिज हुने नेपाली फिल्म ‘ऐँचो पैँचो’को गीत 'काले केटाले' रिलिज गरिएको छ । बिहीबार यहाँ एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत रिलिज गरिएको हो । यसमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत तथा एरेञ्ज रहेको छ भने अविरल र अस्मिता अधिकारीको स्वर रहेको छ ।
कृषा चौलागाईंले निर्देशन गरेको यस फिल्मको गीतको भिडियोमा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री लगायतलाई गीतको भिडियोमा राखिएको छ । सार्वजनिक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । फिल्ममा रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतको पनि अभिनय रहेको छ ।
केपी फिल्मस्को ब्यानरमा यो फिल्म बनेको हो । प्रितम लामिछाने र आध्या लामिछाने निर्माता हुन् । यसमा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पार्श्व सङ्गीत, रेनिश फागोको कलर करेक्शन, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन तथा विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
गीत रिलिज कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले फिल्मलाई सफलताको शुभकामना दिए ।
गीत हेर्नुहोस्ः