मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुनीलले कतिमा नेपाल भित्राए साउथको ‘धूमम्’ ?

फिल्मीखबर, काठमाडौं, 2023/07/26

sunil manandhar (Dhoomam)

 

‘बाहुबली’, ‘केजीफएफ’, ‘आरआरआर’, ‘पुष्पा’ जस्ता फिल्मपछि नेपालमा साउथ फिल्मको निकै बलियो पकड बनेको छ । यसैले नेपालका वितरकहरुबीच साउथका साना तथा ठूला फिल्मको प्रदर्शन अधिकार लिन प्रतिस्पर्धा नै चल्ने गरेको छ । यसबीच, पुराना वितरक सुनील मानन्धरले बलिउड फिल्म ‘उचाइँ’को सफलतापछि साउथ फिल्म ‘धूमम्’को नेपाल प्रदर्शन अधिकार लिएका छन् ।

यही साउन १२ गते नेपालमा फिल्मको हिन्दी संस्करण प्रदर्शन हुने वितरक मानन्धरले जानकारी दिए । नेपालका वितरकले साउथ फिल्म मुम्बईका वितरकबाट किन्नुपर्ने हुन्छ । तर, ‘धूमम्’लाई मानन्धरले सिधै साउथकै निर्माताबाट किनेका हुन् । केही रकम तिरेर उनले बाँकी प्रतिशतमा फिल्म नेपाल झिकाएका हुन् । उनले ट्याक्स तिरेर नेरु १० लाखमा फिल्म नेपाल भित्राएको स्रोत बताउँछ ।

पवन कुमार निर्देशित फिल्म भारतमा गत २३ जुनमा मलयालम र कन्नडा भाषामा प्रदर्शन भएको थियो । बक्स अफिसमा ‘धूमम्’ले औसत कमाई गरेको भए पनि सुखद प्रतिक्रिया पाएको थियो । फहाद फासिलको मुख्य भूमिका रहेको फिल्मलाई दक्षिण भारतीय कम्पनी होम्बले फिल्म्सले निर्माण गरेको हो । यसअघि यो कम्पनीले ‘केजीएफ’ र ‘कन्तारा’ जस्ता सुपरहिट फिल्म बनाएको थियो ।

होम्बले फिल्म्सले निर्माण गरेको अभिनेता प्रभास स्टारर फिल्म ‘सलार’ आगामी सेप्टेम्बर २८ मा प्रदर्शनमा आउँदैछ । यो फिल्मको नेपालमा समेत ठूलो पखाई छ । यसैले नेपालका वितरकहरु फिल्मको प्रदर्शन अधिकार लिन अहिलेदेखि नै कसरत गरिरहेका छन् । वितरक मानन्धरले होम्बले फिल्म्सको ‘धूमम्’लाई नेपाल भित्राउनुको एउटा ठूलो कारण ‘सलार’को लोभ हुनसक्ने देखिन्छ ।