मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 2.00/5.00)
Text size:-
+
-

विपिनले सित्तैमा गरेको ‘दी रेड सुटकेस’ भेनिस फिल्म फेस्टिभलमा छनोट

फिल्मीखबर, काठमाडौं, 2023/07/26

bipin karki

 

नेपाली फिल्म ‘दी रेड सुटकेस’ विश्वकै प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा छानिएको छ । फिडेल देवकोटाको निर्देशनमा बनेको फिल्म भेनिसको दोस्रो मुख्य प्रतिस्पर्धा 'ओरिजोन्टी' विधामा छनोट भएको हो । विदेशी टिमको संलग्नता बिना नै भेनिसमा छनोट हुने यो पहिलो नेपाली फिल्म हो । यसअघि भेनिस पुगेको ‘कालो पोथी’ र ‘सेतो सूर्य’ फिल्ममा निर्माता तथा छायांकार विदेशी थिए ।

कोरोना महामारीको समयमा छायांकन भएको ‘दि रेड सुटकेस’मा विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठ, प्रविन खतिवडा आदिको मुख्य भूमिका रहेको छ । महंगा अभिनेताको रुपमा चिनिएका विपिनले यो फिल्मका लागि पारिश्रमिक लिएका छैनन् । रामकृष्ण पोख्रेलको निर्माण रहेको फिल्मले वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावको कथालाई प्रस्तुत गरेको जनाइएको छ ।  

सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा उत्सव बुढाथोकीको संगीत र साउन्ड डिजाइनमा श्रवलराज पाण्डे र सुदीप्ता सधुखान छन् । पोस्ट प्रोडक्सनको काम श्रीलंकामा भएको फिल्मका निर्माता रामकृष्णसँगै शोभा थापा र निर्देशक देवकोटा हुन् । फिल्मलाई विश्वव्यापी रुपमा प्रदर्शन गर्ने योजनामा निर्माता पोखरेल रहेका छन् । उनले गाडी बिक्री गरेर यो फिल्म बनाएको जानकारीमा छ ।