मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जुलेबी’ टिजरमा चार महिलाको कथा

फिल्मीखबर, काठमाडौं, 2023/07/25

SURAKSHYA PANTA , USHA RAJAK , NISHA ADHIKARI , SUSHIL SITAULA

 

आगामी भदौ १ गतेबाट प्रदर्शनमा उत्रन लागेको फिल्म ‘जुलेबी’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट १० सेकेण्ड लम्बाईको टिजरमा चार महिलाको कथालाई प्रस्तुत गरिएको छ । फिल्म यौन मनोविज्ञानमा केन्द्रित रहेको टिजरले संकेत गर्छ । फिल्मले तीन घटनालाई चित्रण गरेको कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए । टिजरले फिल्मको दृश्यभाषा बलियो रहेको छनक दिन्छ ।

एन्थोलोजी जनरामा बनेको फिल्मलाई गणेश देव पाण्डेले निर्देशन गरेका हुन् । यसअघि उनले दुई फिल्म ‘मञ्जरी’ र ‘गाँजाबाजा’को निर्देशन गरिसकेका छन् । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षितलगायतको अभिनय छ । फिल्मकी निर्मात्री आभा शर्मा हुन् ।

निर्देशक पाण्डे स्वयंको लेखन रहेको फिल्ममा विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको छ । डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरण अधिकार लिएको फिल्मको विदेशका केही देशमा प्रदर्शन अधिकार बिक्री भैसकेको जनाइएको छ । फिल्मको कथावस्तु दर्शकलाई नयाँ लाग्ने निर्देशक पाण्डेको विश्वास छ ।