मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नाङ्गो गाउँ’ टिजरमा राजनीति र प्रेम

फिल्मीखबर, काठमाडौं, 2023/07/24

DAYAHANG RAI, MIRUNA MAGAR, SAMRAGYEE RL SHAH, KARMA

 

सुपरहिट फिल्म ‘छ माया छपक्कै’पछि निर्देशक दीपेन्द्र लामाले एकपटक फेरि राजनीतिक विषयमा फिल्म ‘नाङ्गो गाउँ’ बनाएका छन् । सोमबार सार्वजनिक फिल्मको टिजरमा स्वार्थ केन्द्रित राजनीतिले समाजमा पारेको प्रभावलाई देखाइएको छ । राजनीतिका खेलाडी शिशिर वाङ्देल र शिक्षण पेशाबाट राजनीतिमा होमिएका दयाहाङ राईबीचको राजनीतिक टकरावमा ट्रेलर केन्द्रित छ ।

फिल्ममा दयाहाङ र मिरुना मगर श्रीमान्-श्रीमतीको भूमिकामा छन् । दयाहाङ इमानदार शिक्षक हुन् । गाउँकै स्कुलमा अध्यापन गराउँछन् । भोट दिएर जिताएको नेताले गाउँमा विकास नगरेपछि गाउँलेहरुको आग्रहमा उनी चुनाव लड्न मैदानमा उत्रिन्छन् । उनको चुनावी भिडन्त शिशिरसँग हुन्छ । कर्मा र साम्राज्ञी आरएल शाहलाई भने टिजरमा प्रेम जोडीको रुपमा चित्रित गरिएको छ ।

जय श्रेष्ठ निर्माता रहेको फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । रामहरी श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा कमलमणी नेपाल, रविन्द्र झा, वुद्दि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, शिशिर तामाङ, श्रद्धा गिरी, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, शंकर आचार्य, इस्तु कार्की, टिका निरौलालगायतको पनि अभिनय छ ।

फिल्ममा रोहित शाक्य तथा शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर, एसडी योगी तथा दीपक शर्माको संगीत, राजेश अर्याल तथा दीपक शर्माको शब्द, आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन र रामजी लामिछानेको कोरियोग्राफी छ । निर्देशक लामाले नेपाली समाजको एउटा मौलिक कथालाई पर्दामा उतार्ने प्रयास गरेको बताएका छन् । यो फिल्म भदौ २९ गतेबाट प्रदर्शन हुँदैछ ।