मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

निर्देशक सुब्बाको स्वीकारोक्ति- ‘जारी’ राम्रो बनाउन सकिनँ’

फिल्मीखबर, काठमाडौं, 2023/07/24

साहित्य क्षेत्रको एउटा गर्विलो नाम हो, उपेन्द्र सुब्बा । उनका सृजना रसिक शैलीका हुन्छन् । देश र समाजको यथार्थ चित्रण उनको सृजनामा भेटिन्छ । फिल्म ‘कबड्डी’ श्रृंखलाबाट अब्बल लेखकको रुपमा समेत चिनिएका सुब्बाको परिचयको दायरा थप फराकिलो बनेको छ । फिल्म ‘जारी’बाट सुब्बाले निर्देशनमा फड्को मारेका छन् । उनको पहिलो फिल्मले नै प्रदर्शनमा दुर्लभ रेकर्ड बनायो ।

फिल्म व्यावसायिक रुपले मात्र सफल भएन, उपेन्द्रको निर्देशनदेखि लेखन पक्षसम्मको सानदार प्रशंसा भयो । तर, उनी ‘जारी’बाट पूर्ण रुपमा सन्तुष्ट भने छैनन् । उनलाई आफूले राम्रो फिल्म बनाउन नसकेको बोध हुने गर्छ । उनले अबको सय वर्षपछि पनि हेर्न सकिने गरी ‘जारी’ बनाउने सोचेका थिए । तर, फिल्म हेरेपछि सुब्बाले आफू लेखनदेखि निर्देशनसम्म चुकेको महसुस गरेका छन् ।

 

Upendra Subba


फिल्मले प्रदर्शनको सय दिन मनाएपछि उनी भन्छन्, ‘मलाई सय वर्षपछि पनि हेर्न सकिने फिल्म बनाउने चाहना थियो । त्यो चाहिँ बनाउँदा बनाउँदै सकिनँ । ‘जारी’ साँचिक्कै राम्रो फिल्म बनाउने कोशिश थियो । तर, मैले भनेको जस्तो चाहिँ बनाइनँ । फिल्ममा बहुत धेरै कमजोरीहरु छ । मैले साउन्ड टेस्टमा फिल्म हेरेको थिएँ, त्यसपछि त फर्केर हेरेको छैन । र, मलाई हेर्ने आँट पनि छैन ।’

‘जारी’मा भएको कमी-कमजोरीलाई अर्को फिल्ममा सुधार गर्ने उनको संकल्प छ । ‘हरेक पटक राम्रो गर्ने कोशिश सर्जकको रहन्छ नै । ‘जारी’मा जे जति कमी-कमजोरी थियो र जे-जे सिकेँ, आगामी फिल्ममा त्यसलाई सुधार गर्नेछु । मलाई सय वर्षपछि पनि हेर्न सकिने फिल्म बनाउने चाहना हो, सय दिन त फुलुकमा आएको हो,’ सुब्बाले भने । ‘जारी’मा उनी अतिथि भूमिकामा समेत छन् ।

नेपालमा फिल्म हिट भएपछि त्यसको सिरिज र सिक्वेल बनाउने ट्रेन्ड छ । ‘जारी’को पनि सिक्वेल निर्माणको आशा दर्शकले राखेका छन् । तर, तत्काल सिक्वेल बनाउने योजनामा सुब्बा छैनन् । उनी भन्छन्, ‘अबको फिल्म नयाँ नाममै हुन्छ होला । ‘जारी २’ बनाउने अहिले योजना छैन ।’ प्राप्त जानकारी अनुसार, अर्को वर्ष छायांकन गर्ने गरी अहिले उनले एक फिल्मको स्क्रिप्ट लेखिरहेका छन् ।