मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

तीनवटा हलमा ‘जारी’ले मनायो सय दिन, कमाई १७ करोड ग्रस

फिल्मीखबर, काठमाडौं, 2023/07/22

movie jari

 

करिब ५ वर्षपछि नेपाली फिल्मले प्रदर्शनको सय दिने दुर्लभ यात्रा तय गरेको छ । गत बैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जारी’ले ब्लकबस्टर व्यापार गर्दै उपत्यकाभित्रका तीनवटा हलमा सय दिन मनाएको हो । क्यूएफएक्स चेनको सिभिल मल, बिग मुभिज र एफक्यूब हलमा फिल्म सय दिनसम्म टिकेको छ । यसअघि २०७५ सालमा फिल्म ‘शत्रु गते’ले सय दिन मनाएको थियो ।

प्रदर्शनको दुई हप्ता बक्स अफिसमा आक्रामक कमाई गरेको ‘जारी’ले सय दिनसम्ममा १७ करोड १७ लाख ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डको तथ्यांकनमा देखिन्छ । योसँगै नेपाली फिल्मका दुई ठूला ब्रान्ड ‘कबड्डी’ र ‘छक्का पञ्जा’ सिरिजपछि उच्च कमाई गर्ने फिल्मको रेकर्ड ‘जारी’ले बनाएको छ । यो फिल्मपछि प्रदर्शनमा आएका कुनै नेपाली फिल्म सफल हुन सकेका छैनन् ।

लिम्बु परम्परामाथि आधारित रहेको फिल्मलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । ‘वर्ड अफ माउथ’ बलियो हुँदा फिल्मले हलमा लामो यात्रा तय गरेको हो । फिल्ममा लिम्बु परम्परामा प्रचलित जारी प्रथालाई मियो बनाएर अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको प्रेमकथालाई सुन्दर ढंगले देखाइएको छ । कवि समेत रहेका निर्देशक सुब्बाको यो डेब्यू निर्देशित फिल्म हो ।

फिल्ममा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापोलगायतको पनि अभिनय छ । रामबाबु गुरुङ निर्मित फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । धरान, पोखरा, चितवनका हलमा फिल्म ८० दिनभन्दा बढी समय चलेको थियो ।