Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जुलेबी’ पोस्टरमा गम्भीर भावमा सुरक्षादेखि निशासम्म

फिल्मीखबर, काठमाडौं, 2023/07/21

julebi poster

‘मञ्जरी’ फेम्ड निर्देशक गणेश देव पाण्डेको निर्देशनमा तयार भएको फिल्म ‘जुलेबी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको थिमअनुसार गुलाबी ‘कलर टोन’मा तयार पारिएको पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु निशा अधिकारी, सुरक्षा पन्त, उषा रजक र सुशील सिटौला गम्भीर मुद्रामा चित्रित छन् । पोस्टरको पुच्छरमा एक जोडीको प्रेमभावलाई पनि प्रस्तुत गरिएको छ ।

आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म चारजना महिला पात्रको प्रेमकथामा केन्द्रित छ । फिल्ममा मोनिका थापा, पुष्कर कार्की, तुफान थापालगायतको पनि अभिनय छ । एन्थोलोजी जनरामा निर्माण भएको फिल्मले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित ‘जुलेबी’की निर्माता आभा शर्मा हुन् ।

फिल्ममा विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको छ । डिसिएनले वितरणको अधिकार लिएको फिल्मको विदेशका केही देशमा प्रदर्शन अधिकार बिक्री भैसकेको छ । फिल्मको कथावस्तु दर्शकलाई पृथक लाग्ने निर्देशक पाण्डेको विश्वास छ । उनले पछिल्लो पटक फिल्म ‘गाँजाबाजा’को निर्देशन गरेका थिए ।