Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा ४’लाई कमाईमा ‘जारी’ले दिएको टक्कर

फिल्मीखबर, काठमाडौं, 2023/07/21

jari and chakka panja 4

 

नेपाली फिल्म क्षेत्रको ठूलो ब्रान्ड हो, ‘छक्का पञ्जा’ । यसले कमाईमा इतिहास रचेको छ । दर्शकको विश्वास कमाएको छ । यसैले त यसका हरेक श्रृंखला बक्स अफिसमा ब्लकबस्टर हुँदै आएका छन् । ‘छक्का पञ्जा’ सिरिजले कमाईमा बनाएको रेकर्ड तोड्न अरु नेपाली फिल्मलाई मुश्किल मानिएको थियो । तर, रेकर्ड तोड्नलाई नै बन्छ । र, ‘छक्का पञ्जा’को रेकर्ड ‘कबड्डी ४’ले तोड्यो ।

‘कबड्डी ४’ले बनाएको सर्वाधिक कमाई (२१ करोड ग्रस)को रेकर्ड गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ४’ले तोड्न सक्ने आँकलन कतिपयले गरेका थिए । तर, सम्भव भएन । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार ‘छक्का पञ्जा ४’को लाइफटाइम ग्रस कलेक्सन १७ करोड ५२ लाख छ । बरु यो फिल्मलाई घरेलू बजारमा कमाईको मामलामा ‘जारी’ले टक्कर दिएको देखिन्छ ।

भोलि शनिबार प्रदर्शनको सय दिन मनाउन लागेको ‘जारी’को ग्रस कलेक्सन १७ करोड १७ लाख १९ हजार रहेको छ । अर्थात् ३५ लाख ४ हजारले मात्र ‘छक्का पञ्जा ४’ अगाडि छ । ठूलो ब्रान्ड भएको फिल्मलाई ‘जारी’ले कमाईमा दिएको टक्कर उदाहरणीय मान्न सकिन्छ । फिल्म व्यावसायिक रुपमा सफल हुन ब्रान्ड नामै चाहिन्छ भन्ने भ्रम पनि धेरै हदसम्म ‘जारी’ले तोडेको अवस्था छ ।

‘जारी’ सफल हुनुमा तीनवटा कारण महत्त्वपूर्ण छन् । पहिलो, फिल्म लिम्बु परम्परामा आधारित थियो । र, यो समुदायका दर्शकको हलमा उपस्थिति उल्लेख्य देखियो । दोस्रो, फिल्म आफैंमा बलियो थियो । तेस्रो, मेकरप्रति दर्शकको ठूलो विश्वास थियो । उपेन्द्र सुब्बाको निर्देशन, रामबाबु गुरुङको निर्माण, दयाहाङ राई र मिरुना मगरको अभिनय भएकाले फिल्म दर्शकको रोजाईमा पर्‍यो ।