Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गत आर्थिक वर्षमा नेपाली फिल्महरुले कमाए ७६ करोडमाथि

फिल्मीखबर, काठमाडौं, 2023/07/20

यस वर्षदेखि स्वदेशी तथा विदेशी फिल्महरुले नेपालमा गरेको कमाई सार्वजनिक गर्न थालेको चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९/८० मा प्रदर्शनमा आएका फिल्महरुको ग्रस कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा स्वदेशी र विदेशी गरी जम्मा १ सय ३५ वटा फिल्म प्रदर्शन भएको बोर्डले जनाएको छ । नेपाली तथा विदेशी फिल्मको कमाईमा ठूलो अन्तर देखिन्न ।

 

nepali film

(स्वदेशी फिल्महरुको कलेक्सन रिपोर्ट)


स्वदेशी फिल्महरूको २७,१६,२१७ थान टिकट बिक्रीसहित ग्रस व्यापार छहत्तर करोड बहत्तर लाख सन्ताउन्न हजार एक रुपैयाँ छ भने विदेशी फिल्महरुको २५,८५,६०२ थान टिकट बिक्रीसहित ग्रस व्यापार उनासी करोड त्रिचालिस लाख चार हजार सात सय अठचालिस रुपैयाँ सत्तरी पैसा छ । स्वदेशी तथा विदेशी फिल्महरुको गरी २०७९/८० मा १५६ करोडमाथिको कारोबार भएको छ ।

गत आर्थिक वर्षमा स्वदेशी फिल्मतर्फ सर्वाधिक कमाई ‘छक्का पञ्जा ४’ (१७ करोड ५२ लाख ग्रस)ले गरेको छ । त्यस्तै, १७ करोड १७ लाख ग्रससहित ‘जारी’ दोस्रो र ‘प्रेमगीत ३’ (नेपाली भर्सन) ७ करोड ७० लाख ग्रससहित तेस्रो स्थानमा छ । विदेशी फिल्मतर्फ ‘पठान’ १३ करोड ग्रससहित पहिलो, ‘अवतार’ ८ करोड ग्रससहित दोस्रो र ‘ब्रम्हास्त्र’ ४ करोड ग्रस कमाईसहित तेस्रो स्थानमा छ ।

 

film

(विदेशी फिल्महरुको कलेक्सन रिपोर्ट)


यस वर्ष ‘जारी’पछि फिल्म ‘बिहे पास’को उच्च ग्रस कमाई देखिन्छ । दुई चरणको प्रदर्शनसहित फिल्मले ३२ हजार ८ सय २५ वटा टिकट बिक्रीबाट ९४ लाख ग्रस कमाई गरेको छ । त्यस्तै, तेस्रो स्थानमा फिल्म ‘प्रसाद २’ छ, जसको ग्रस कलेक्सन ८१ लाख ५१ हजार देखिन्छ । बोर्डले फिल्महरुको कमाईसँगै प्रदर्शन सुरू भएको मिति र टिकट बिक्रीको संख्या पनि सार्वजनिक गरेको छ ।