मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

के अब ‘ह्यासट्याग माया’ बन्छ ?

फिल्मीखबर, काठमाडौं, 2023/07/20

२०७८ सालको चैतमा सिक्किमको गान्तोकमा फिल्म ‘ग्रहण’ निर्माणको घोषणा गरिएको थियो । फिल्मको मुख्य भूमिकामा नम्रता श्रेष्ठ, सारुक ताम्राकार र विनय श्रेष्ठले अभिनय गर्दै थिए । तर, पछि फिल्मबाट विनय बाहिरिए । नाम पनि हेरफेर गरेर ‘ह्यासट्याग माया’ राखियो । विनयको ठाउँमा निर्माण टिमले रोयदीप श्रेष्ठलाई अनुबन्ध गर्दै गत जेठ २० गतेबाट छायांकन सुरु गरिएको थियो ।

स्क्रिप्ट लेखनको चरणदेखि ४५ प्रतिशत छायांकन सकिँदासम्म ५ करोड खर्च भैसकेको निर्माण पक्षको दाबी छ । लागत बढेता पनि छायांकन पूरा गरेरै छाड्ने अठोटमा निर्माता थिए । तर, असार २१ गते फिल्मका मुख्य अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेपछि फिल्मको निर्माण नै अन्योल बनेको छ । अब फिल्म बनाउँदा सुरुबाटै छायांकन गर्नुपर्ने हुन्छ, जसले लागत थप बढ्नेछ ।

 

namrata shrestha, saruk tamrakar


सारुकले आत्महत्या गरेपछि फिल्मका निर्देशक राजीव गुरुङले एक अन्तर्वार्तामा छायांकन सेटको एक घटनासँगै फिल्मकी मुख्य अभिनेत्रीको बारेमा केही तथ्य सार्वजनिक गरेपछि अब फिल्मको काम अगाडि बढाउन सहज देखिन्न । यसैले निर्माता/निर्देशक फिल्मको निर्माण रोक्ने मनस्थितिमा पुगिसकेको निकट स्रोत बताउँछ । यद्यपि, अहिलेसम्म यसबारेमा कुनै निर्णय लिइएको छैन ।

फिल्मको निर्माणबारे हालै एक अन्तर्वार्तामा निर्देशक गुरुङले भनेका थिए, ‘सारुक भाईको निधनले हामी स्तब्ध छौं । अहिले हामी उसले किन आत्महत्या गर्न बाध्य भयो भन्नेबारेमा जान्न खोजिरहेका छौं । यो अवस्थामा हामीले अब के गर्ने भनेर सोच्न सकेका छैनौं । केही दिनमा हामी के गर्ने भनेर निर्णय लिनेछौं ।’ उनले सारुकको निधनपछि नम्रता श्रेष्ठ सम्पर्कमा नरहेको समेत बताएका थिए ।

निर्माताले फिल्मका कलाकारहरुलाई पूर्वतयारीका लागि डेढ लाख मासिक भाडा तिरेर आरोही निर्मल पूर्जाको बुढानिलकण्ठस्थित घरमा राखेको थियो । फिल्ममा नम्रताको एरियल योगा टिचरको भूमिका रहेकाले उनलाई योगा सिकाउनका लागि दिनमा ५ हजार पारिश्रमिक तिरेर योगा टिचर समेत उपलब्ध गराइएको थियो । सारुकको निधनपछि निर्मलको घर प्रहरीले सिल गरिसकेको छ ।