मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘बिहे पास’ले दुई चरणको रिलिजमा कति कमायो ?

फिल्मीखबर, काठमाडौं, 2023/07/18

dayahang rai and prakriti shrestha

 

नेपालमा पुनः प्रदर्शनमा आएका फिल्मले घरेलू बजारमा सुखद कमाई गरेको रेकर्ड छैन । तर पनि केही निर्माताले पहिलो चरणको प्रदर्शनमा लगानी उठाउन नसकेपछि फिल्मलाई पुनः प्रदर्शन गर्ने गरेका छन् । यस वर्षका लागि पहिलो रि-रिलिज फिल्म ‘बिहे पास’ बनेको छ । असार २९ गते फिल्म पुनः प्रदर्शन भएको थियो । तर, फिल्मको दोस्रो चरणको प्रदर्शन सुखद देखिएको छैन ।

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार फिल्मले दुई चरणको प्रदर्शनको क्रममा ८५ लाख नेट कमाई (रि-रिलिजको चार दिनको कमाईसहित) गरेको छ । अघिल्लो प्रदर्शनमा फिल्मको नेट कमाई ८० लाख आसपास थियो । फिल्मको अघिल्लो प्रदर्शन बैशाख १ गते भएको थियो । त्यसबेला ‘जारी’को चेपुवामा परेको थियो । यद्यपि, साउन २ गतेसम्म ‘जारी’पछि उच्च कमाई ‘बिहे पास’कै छ ।

‘जारी’को बक्सअफिसमा आक्रामक कमाईका बाबजूद पनि ‘बिहे पास’ले पहिलो चरणको प्रदर्शनमा सुरुवाती दुई दिन राम्रो कमाई गरेको थियो । शुक्रबार र शनिबार फिल्मको अकुपेन्सी ७० प्रतिशत आसपास थियो । फिल्मले ८० लाख नेट कमाई गर्नुमा दुई दिनको योगदान ठूलो छ । ‘वर्ड अफ माउथ’ कमजोर हुँदा प्रदर्शनको तेस्रो दिनबाट फिल्मको कमाई ओरालो लाग्न थालेको थियो ।

प्रवेश पौडेलद्वारा निर्देशित फिल्ममा दयाहाङ राई, प्रकृति श्रेष्ठ, श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नविन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलको अभिनय छ । वितरक समेत रहेका रोहित कटेल र रत्न श्रेष्ठले फिल्मलाई निर्माण गरेका हुन् । पहिलो पटक दयाहाङ र प्रकृतिले फिल्ममा एकसाथ काम गरेका हुन् । यो प्रकृतिको कमब्याक फिल्म हो ।