मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 4.00/5.00)
Text size:-
+
-

‘पञ्चामृत’मा धिरज र आँचलको जोडी बाँधिने

फिल्मीखबर, काठमाडौं, 2023/07/18

aachal sharma and dhiraj magar

 

करिब ५ वर्षपछि निर्देशनमा फर्किन लागेका मुस्कान ढकालले आफ्नो नयाँ फिल्म ‘पञ्चामृत’मा कलाकारहरुको लाइनअप बलियो बनाएका छन् । फिल्ममा सौगात मल्ल, निरुता सिंह, विपना थापा, उत्तम प्रधान र मिथिला शर्मा अनुबन्धित भैसकेको अवस्थामा थप दुईजना चर्चित कलाकारको प्रवेश भएको छ । फिल्ममा अभिनेता धिरज मगर र अभिनेत्री आँचल शर्मा अनुबन्ध भएका हुन् ।

फिल्ममा धिरज र आँचलको जोडी बाँधिने जनाइएको छ । उनीहरुले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । दुवैले आगामी भदौबाट फिल्मको छायांकन सुरु गर्नेछन् । यस वर्ष धिरजको ‘आई एम ट्वान्टी वान’ र आँचलको ‘नाइँ नभन्नू ल ६’ प्रदर्शन भएको थियो । तर, दुवैको दुवै फिल्म असफल भए । जसले गर्दा उनीहरु निराश र दबाबमा छन् । ‘पञ्चामृत’प्रति दुवैको ठूलो आशा छ ।

आध्यात्मिक-लभस्टोरी कथावस्तुमा बन्न लागेको फिल्मको तीनवटा च्याप्टर निर्माण हुनेछ । त्यसमध्ये बीच भागको निर्माण यसपटक गर्ने तयारीमा मुस्कान छन् । उनले तीन वर्ष लगाएर फिल्मको स्क्रिप्ट तयार पारेका हुन् । फिल्म ‘नाईं नभन्नू ल ३’बाट निर्देशनमा डेब्यू गरेका ढकालले पछिल्लो पटक सुविन भट्टराईद्वारा लिखित समर लभ पुस्तकमा आधारित भएर ‘समर लभ’ बनाएका थिए ।