मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

क्यूएफएक्स चेनमा सय दिन मनाउँदै ‘जारी’

फिल्मीखबर, काठमाडौं, 2023/07/18

dayahang rai and miruna magar

 

कुनै समय नेपाली फिल्मका लागि प्रदर्शनको एकाउन्नौं र सय दिन सामान्य मानिन्थ्यो । न्यून संख्यामा फिल्म बन्ने हुँदा प्रायः फिल्म हलमा लामो समयसम्म टिक्थे । तर, डिजिटल युगको प्रारम्भसँगै नेपाली फिल्मको आयू एक हप्तामा आइपुगेको छ । यद्यपि, वर्षमा एकाध फिल्मले प्रदर्शनको ५१औं दिन मनाउने गरेका छन् । प्रदर्शनको सय दिन त विस्तारै एकादेशको कथाझैं हुन थालेको छ ।

यसबीच, करिब ५ वर्षपछि फिल्म ‘जारी’ले हलमा प्रदर्शनको सय दिन मनाउने भएको छ । यसअघि २०७५ सालमा दुईवटा हलमा फिल्म ‘शत्रु गते’ले प्रदर्शनको सय दिन मनाएको थियो । गत बैशाख १ गते प्रदर्शनमा आएको ‘जारी’ले ब्लकबस्टर व्यापार गर्दै सय दिनको यात्रा तय गर्न लागेको हो । फिल्मले नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा सय दिन मनाउने निश्चित छ ।

मंगलबार ९६औं दिनमा प्रदर्शनरत फिल्मलाई क्यूएफएक्स चेनले यतिबेला प्रत्येक दिन १ शो दिइरहेको छ । साउन ६ गते फिल्मले प्रदर्शनको सय दिन मनाउनेछ । ठूला विदेशी र स्वदेशी फिल्मका बावजूद ‘जारी’ले सय दिन मनाउन लाग्नु आफैंमा ठूलो उपलब्धि हो । फिल्मका वितरक मनोज राठीले ८०/९० दिनसम्म पोखरा, चितवन, विर्तामोडका हलहरुले पनि फिल्म प्रदर्शन गरेको बताए ।

विदेशी भूमिमा समेत आक्रामक कमाई गरेको फिल्मले सोमबार दार्जिलिङमा प्रदर्शनको ५१औं दिन मनाएको जानकारी प्राप्त छ । पहिलो पटक भारतमा नेपाली फिल्मले यो इतिहास रचेको हो । उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बालगायतको अभिनय छ । फिल्मले घरेलू बजारमा साढे १४ करोड आसपास नेट कमाई गरेको छ ।