मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.50/5.00)
Text size:-
+
-

सलमानको पैसा फिर्ता गर्न काम माग्दै ‘आशिकी’ हिरो

एजेन्सी, मुम्बई, 2023/07/17

Aashiqui Actor Rahul Roy Reveals Salman Khan Helped Him Financially After  Brain Stroke: Sab Boltein Hai Woh - Filmibeat

 

बलिउडको माइलस्टोन फिल्ममध्ये एक ‘आशिकी’का अभिनेता राहुल रोयलाई सन् २०२० मा ब्रेक स्ट्रोक भएको थियो । त्यसबेला उनको आर्थिक अवस्था एकदमै खराब थियो । उनलाई सहयोग गर्न सुपरस्टार सलमान खानबाहेक बलिउड इन्डस्ट्रीका कोही पनि अगाडि आएका थिएनन् । सलमानले कुनै हल्लाखल्ला बिना राहुलको उपचारबापत अस्पतालको सम्पूर्ण रकम तिरिदिएका थिए ।

राहुल मुम्बईको नानावती हस्पिटल भर्ना भए । उनी विरामी रहेको र आर्थिक अवस्था कमजोर रहेको थाहा पाएपछि सलमानले दुई लाखको बिल तिरिदिएका थिए । राहुलले आफू विरामी हुँदा सलमानले गरेको सहयोग रकम फिर्ता गर्नका लागि मेकरहरुसँग काम मागिरहेका छन् । उनी लामो समयदेखि फिल्मविहीनको अवस्थामा छन् । ‘आशिकी’बाट भने उनी एकाएक चर्चामा आएका थिए ।

राहुलकी बहिनी प्रियंका रोयले फिल्म स्टारले मात्र नभइ जुम्ल्याहा भाईले समेत सम्पर्क नगरेको गुनासो गरेकी छन् । उनले भनेकी छन्, ‘हामीसँग त्यति पैसा नै थिएन, जसले राहुलको उपचार गर्न सकियोस् । मसँग २५ हजार थियो । अस्पतालले एक लाख रुपैयाँ मागिरहेको थियो । जब सलमान खानलाई राहुलको अवस्थाबारेमा थाहा भयो तब तुरुन्त दुई लाख हामीलाई उपलब्ध गराइदिए ।’

‘आशिकी’पछि राहुललाई ६० वटा फिल्मबाट अफर आएको थियो । त्यसमध्ये ४७ वटा फिल्म उनले सम्झौता गरे । उनी अभिनीत तेस्रो फिल्म ‘जुनून’ पनि हिट भएको थियो । त्यसपछि भने उनको एकपछि अर्को फिल्म फ्लप भए । उनले ‘जाने जिगर जाने मन’, ‘मैं दुनिया भुला दूंगा’, ‘तू मेरी जिन्दगी है’, ‘एक सनम चाहिए आशिकी के लिए’, ‘फिर कभी’लगायतका फिल्ममा काम गरेका छन् ।