मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

सारुकको सम्झनामा बौद्ध स्तुपामा दीप प्रज्वलन गरिने

फिल्मीखबर, काठमाडौं, 2023/07/17

घरमा मृत अवस्थामा भेटिए अभिनेता सारुक ताम्राकार

 

गत असार २१ गते घरमा आत्महत्या गरेका अभिनेता सारुक ताम्राकारको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिने भएको छ । सारुकको निधनको १४औं दिनमा बुधबार बौद्धस्थित बौद्ध स्तुपामा दीप प्रज्वलन गरिन लागिएको हो । सारुकको सम्झनामा हुन लागेको दीप प्रज्वलनमा सहभागी हुनका लागि अभिनेत्री सृष्टि श्रेष्ठलगायतका कलाकारहरुले एक पोस्टमार्फत् आग्रह गरेका छन् ।

‘यस शान्ति भेलामा, हामी मक्खन बत्ती र मैनबत्तीहरू प्रज्वलन गर्नेछौं । शान्तिको क्षेत्रमा सारुकको यात्रा ज्योतिको प्रतीक हुनेछ,’ सारुकको सम्झनामा आयोजना हुन लागेको दीप प्रज्वलनबारे जानकारी दिन तयार पारिएको एक पोस्टरमा भनिएको छ, ‘आउनुस् हामी सारुकसँगका यादलाई सम्झियौं र सामूहिक रूपबाट उसको शान्तिपूर्ण यात्राका लागि आफ्नो प्रेम तथा शुभकामना पठायौं ।’

साँझ ६ बजेदेखि ७ बजेसम्म दीप प्रज्वलन गरिने जनाइएको छ । दीप प्रज्वलनमा सारुकको न्यायका लागि आवाज उठाउँदै उचित छानबिनको माग गरिरहेका कलाकारहरु सहभागी हुने जानकारी प्राप्त छ । अहिले प्रहरीले सारुकले आत्महत्या गर्नुको कारण पत्ता लगाउन उनको मोबाइल जाँचबुझदेखि अनुसन्धानका लागि उनको घर अगाडिको सिसी क्यामेराको फुटेज लगिसकेको छ ।

 

saruk tamrakar


फिल्म ‘रानी’बाट करिअरको सुरुवात गरेका सारुक अभिनयमा कुशल थिए । अभिनयसँगै केही सर्ट फिल्मको निर्देशन र ‘त्यान्द्रो’ फिल्ममा उनले असिस्टेन्ट डाइरेक्टर भएर समेत काम गरेका थिए । उनी अभिनीत पछिल्लो रिलिज फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ हो । करिब ३ वर्षपछि फिल्म ‘ह्यासट्याग माया’मा काम (निधनको दिनसम्म पनि) गरिरहेका उनको निधनले फिल्म क्षेत्र स्तब्ध छ ।