Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

सारुकको निधनबारे छानबिन गर्न कलाकार संघको माग

फिल्मीखबर, काठमाडौं, 2023/07/16

चलचित्र अभिनेता सारुक ताम्राकार मृत फेला – BikashNews

 

असार २१ गते काठमाडौं रातोपुलस्थित निजी निवासमा झुण्डिएको अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारको निधनबारे गहिरो छानबिन गरि सत्यतथ्य सार्वजनिक गर्न चलचित्र कलाकार संघले सम्बन्धित निकायसँग माग गरेको छ । आइतबार संघको कार्यसमिति बैठकपश्चात् अध्यक्ष मोहन निरौलाले जारी गरेको विज्ञप्तिमा कोही दोषी देखिए कारबाही समेत गर्न माग गरिएको छ ।

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्व. शारूकको निधनलाई लिएर चलचित्र उद्योगका सबै पेशाकर्मीहरू शसंकित भइरहेको र यो घटनाको न्यायिक छानबिन हुनुपर्दछ भन्ने आवाज उठिरहेकोले सो विषयमा गहिरो छानबिन गरी सत्य तथ्यलाई प्रकाशमा ल्याईदिनका लागि संघ सम्बन्धित निकायसँग माग गर्दछ ।’ अभिनेता ताम्राकार चलचित्र कलाकार संघको साधारण सदस्य थिए ।

सारुकले निधनअघिम्म अभिनय गरिरहेको फिल्मका जिम्मेवार सदस्यले फिल्मको छायांकनको क्रममा भएका घटना र सन्दर्भहरू विभिन्न अनलाइनमार्फत् अभिव्यक्त गरिसकेका कारण सो सम्बन्धमा पनि छानबिन गर्ने निकायले अनुसन्धान गरि यदि कोही दोषी देखिए सत्यतथ्य उजागर गरेर कानुनको दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न समेत संघले विज्ञप्तिमार्फत् माग गरेको छ ।

 

film artist


सारुकको आत्महत्या प्रकरणको बारेमा अहिले विभिन्न टिका-टिप्पणी भैरहेका छन् । उनले निधनअघिसम्म अभिनय गरेको फिल्म ‘ह्यासट्याग माया’का निर्देशक राजिव गुरुङले शनिबार एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा केही महत्त्वपूर्ण खुलासा गरेपछि फिल्म क्षेत्रमा खैलाबैला मच्चिएको छ । सारुकले न्याय पाउनुपर्ने आवाज यतिबेला कलाकारहरुबाट चर्को रुपमा उठिरहेको छ ।