मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

‘हामी तीन भाई’को मुहूर्त, को-को छन् कलाकार ?

फिल्मीखबर, काठमाडौं, 2023/07/14

hami tin bhai

 

स्वर्गीय निर्देशक शिव रेग्मीद्वारा निर्देशित सुपरहिट फिल्म ‘हामी तीन भाई’ शीर्षकमा करिब दुई दशकपछि फेरि एकपटक फिल्म निर्माण हुने भएको छ । मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको फिल्मको शुक्रबार गोर्खाको मनकामना मन्दिरमा स्क्रिप्ट तथा क्ल्याप पूजा गर्दै मुहूर्त गरिएको छ । फिल्मको छायांकन आगामी साउन १० गतेबाट सुरु हुने निर्देशक भट्टराईले जानकारी दिए ।

फिल्ममा विनोद न्यौपाने, कुशल बिष्ट, जाहान्वी बस्नेत, राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा हर्के हवल्दार, दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवन कुमार काफ्ले, नयन कला फुयाँल, पवन केसीको अभिनय रहनेछ । फिल्मका लागि दुई अभिनेत्री अझै छनोट गरिने बताइएको छ । निर्देशक भट्टराईको कथा रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।

साजित महत प्रस्तुतकर्ता, विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता र प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ फिल्मको सह-निर्मातामा छन् । प्रसिद्ध सिने आर्टस्को ब्यानरमा बन्न लागेको फिल्ममा शिव ढकालको छायांकन, बनिष शाहको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व, एसबी सापकोटाको संगीत तथा एलिस कार्कीको पार्श्व संगीत रहनेछ ।