मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरकारले बनेपाको वनमा फिल्म स्टुडियो निर्माण गर्न दिने

फिल्मीखबर, काठमाडौं, 2023/07/13

रेखा शर्मा « Lokpath

 

नेपाल सरकारले फिल्म छायांकनका लागि काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिका वडा नं. १० र १३ अन्तर्गत बाहुनडाँडा सामुदायिक वनको जग्गामा स्टुडियो निर्माण गर्न दिने भएको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले बाहुनडाँडा वनको २.५०८५ हेक्टर जग्गा स्टुडियो निर्माणका लागि दिने निर्णय भएको जानकारी गराइन् ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले बनेपामा स्टुडियो निर्माण प्रक्रिया अगाडि बढाइने घोषणा गरेका थिए । अघिल्लो सरकारले ल्याएको बजेटमा पनि बनेपामा स्टुडियो निर्माण गर्ने कुरा उल्लेख थियो । तर, त्यो बजेटमा मात्रै सीमित रह्यो ।

 

film studio

 

स्टुडियो निर्माणका लागि छुट्याएको बजेटको बारेमा भने न सरकार न चलचित्र विकास बोर्डले जानकारी गराएको छ । यो स्टुडियो निर्माणका लागि २० करोड बढी लागत लाग्ने अनुमान गरिएको छ । तर, आर्थिक वर्ष २०८०/८१ मा सरकारबाट चलचित्र विकास बोर्डलाई ४ करोड ४५ लाख रुपैयाँ मात्र प्राप्त छ । यसरी हेर्दा स्टुडियो निर्माण हुन अझै धेरै सरकारको बजेट कुर्नुपर्ने देखिन्छ ।