मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नाङ्गो गाउँ’को पोस्टरमा नेता दयाहाङ, ‘स्मोकर’ साम्राज्ञी

फिल्मीखबर, काठमाडौं, 2023/07/13

dayahang rai

 

आगामी भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘नाङ्गो गाउँ’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । राजनीतिक पृष्ठभूमिमा तयार पारिएको पोस्टरमा प्रमुख कलाकारहरु दयाहाङ राई, शिशिर बाङ्देल, कर्मा, मिरुना मगर, साम्राज्ञी आरएल शाह, बुद्धि तामाङ र रविन्द्र झा प्रस्तुत छन् । दयाहाङ माइकिङ गर्दै देखिएका छन् भने साम्राज्ञीलाई ‘स्मोकर’को रुपमा चित्रित गरिएको छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा राज थापा, कमलमणी नेपाल, अंकित खड्का, पुष्कर गुरुङ, विशाल पहारी, निमा पाण्डेलगायतको पनि अभिनय छ । हिमाल शर्माको प्रस्तुति रहेको फिल्ममा जय श्रेष्ठ निर्माता र राम श्रेष्ठ कार्यकारी निर्मातामा छन् । फिल्ममा आलोक शुक्लाको छायांकन रहेको छ भने बनिष शाहको सम्पादन तथा एसडी योगी र दीपक शर्माको संगीत छ ।

राजनीतिको कारणले एउटा गाउँमा कति ठूलो समस्या उत्पन्न हुँदैछ र त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कथालाई फिल्मले प्रस्तुत गरेको छ । निर्देशक लामा भन्छन्, ‘नेपाली समाजको एउटा मौलिक कथालाई पर्दामा उतार्ने प्रयास गरेका छौं । तपाईंहरुले सन्तुष्टि पाउनुहुनेछ भन्ने आशा छ ।’ नेपालकै मितिमा अमेरिका र क्यानडासहित २२ भन्दा बढी राज्यमा फिल्म एकसाथ प्रदर्शन हुनेछ ।