मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हात्तीछाप’मा पृथ्वीनारायण शाहको झल्को दिने सौगातको लुक्स

फिल्मीखबर, काठमाडौं, 2023/07/13

saugat malla

 

हिट फिल्म ‘दुई नम्बरी’को स्टारकास्टलाई लिएर छायांकन भैरहेको फिल्म ‘हात्तीछाप’को सेटबाट अभिनेता सौगात मल्लको पेन्टिङ लुक्स सार्वजनिक गरिएको छ । निर्माण पक्षले उपलब्ध गराएको तस्बिरमा उनी भित्तामा टाँसिएको पेटिङमा राजाको गेटअपमा देखिएका छन् । शिरमा शिरपेच, कम्मरमा खुकुरी र हातमा तरवार लिएका उनको गेटअपले पृथ्वीनारायण शाहको झल्को दिन्छ ।

सौगातको लुक्सले फिल्मप्रति दर्शकमा कौतुहलता र चासो बढाउन सक्नेछ । उनको यो लुक्स नै दर्शकलाई हलसम्म आकर्षित गर्ने अस्त्र बन्न सक्छ । छायांकनको पहिलो दिन फिल्मका मुख्य अभिनेता दयाहाङ राई गाडीको ग्यारेजमा भेटिएका थिए । फिल्ममा उनी मेकानिकको भूमिकामा हुनसक्ने आँकलन गरिएको छ । दयाहाङ र सौगात दुवैलाई फिल्ममा सहकार्य राम्रै फापिरहेको छ ।

निर्माता किरण नेपालीले सौगात मल्ल र उपासना सिंह ठकुरी बिहीबारदेखि फिल्मको सेटमा जोडिएको जानकारी दिए । फिल्मका निर्देशक सिमोस सुनुवार हुन् । उनी  ‘झ्यानाकुटी’पछि निर्देशनमा फर्किएका हुन् । फिल्ममा प्रदीप भारद्वाजको लेखन र सुशान्त प्रजापतिको छायांकन छ । सामाजिक कथावस्तुमा बनिरहेको फिल्मलाई १५ दिन काठमाडौं र १५ दिन पोखरा क्षेत्रमा खिचिनेछ ।

फिल्ममा बेनिशा हमाल, बुद्दि तामाङ, बिजय बराल, विल्सन विक्रम राई, कमलमणी नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौलालगायतको अभिनय रहनेछ । साउनभित्र छायांकन पूरा गरेर फिल्मलाई आगामी तिहार छेकोमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । फिल्मको निर्माण कम्पनी रेड बर्ड प्रोडक्सन हो ।