मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अन्तरजातीय प्रेमकथामा ‘श्रद्धा-सुमन’ बन्ने

फिल्मीखबर, काठमाडौं, 2023/07/13

shradha suman

 

अन्तरजातीय प्रेमकथामा आधारित भएर फिल्म ‘श्रद्धा-सुमन’ निर्माण हुने भएको छ । के.डी प्रशितको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको बिहीबारबाट पर्यटकीय नगरी बन्दिपुरमा वर्कशप सुरु गरिएको छ । के.डी फिल्म्स प्रालिको पहिलो प्रस्तुति रहेको फिल्मलाई अमर सिंह खातीले निर्माण गर्दैछन् । फिल्मको प्रस्तुतकर्तामा सोनिया नेपाली र सुप्रिया सिंह खाती रहेका छन् ।

फिल्ममा अधिकांश नयाँ कलाकारको अभिनय रहनेछ । फिल्ममा दीपक अधिकारी र आकांक्षा तामाङ शीर्ष भूमिकामा देखिँदैछन् । एक ब्राह्मण समुदायको युवक र एक तामाङ समुदायकी युवतीबीचको प्रेमकथामा आधारित भएर फिल्म बन्ने निर्देशक प्रशितले जानकारी दिए । यस फिल्ममा कमलमणि नेपाल, सुवर्ण बस्ताकोटी, सुरविर पण्डित, विमल पौडेलको पनि मुख्य भूमिका रहनेछ ।

चिरञ्जीवी भण्डारीको संगीत र उत्सव दाहालको छायांकन रहने फिल्मको छायांकन भदौको १५ गतेबाट सुरु गर्ने तयारीमा निर्माण टिम छ । फिल्मको छायांकन बन्दिपुर, चितवन र पोखरामा हुनेछ । यसका साथै नेपालबाहिर पनि छायांकन गर्ने तयारी गरिएको निर्माणपक्षले बताएको छ । फिल्मको कथावस्तु अत्यन्त सशक्त रहेकाले फिल्म पनि उत्कृष्ट बन्नेमा निर्देशक प्रशित विश्वस्त छन् ।