Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

सारुकको न्यायका लागि उठ्न थाल्यो आवाज

फिल्मीखबर, काठमाडौं, 2023/07/13

घरमा मृत अवस्थामा भेटिए अभिनेता सारुक ताम्राकार

 

दिउँसभरि फिल्म ‘ह्यासट्याग माया’को छायांकन गरेर घर फर्किएका अभिनेता सारुक ताम्राकार सोही साँझ घरमै मृत अवस्थामा भेटिएका थिए । उनको पोष्टमार्टमपछि अन्त्येष्टि गरिसकिएको छ । उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । तर, उनले जीवन र करिअरको उर्बर समयमा आत्महत्याको बाटो रोज्न किन बाध्य भए भन्ने बारेमा फिल्म क्षेत्रमा चासो उब्जिएको छ ।

सारुकलाई आत्महत्या गर्न विवश पारिएको हुनसक्ने आशंका कतिपयको छ । यसैले हुनसक्छ, उनको न्यायका लागि सुषुप्त रुपमा आवाज उठ्न थालेको छ । अभिनेत्री सृष्टि श्रेष्ठले बुधबार आफ्नो इन्स्टाग्राममा सारुकको एउटा तस्विर पोस्ट गर्दै लेखेकी छन्, ‘यो हाम्रो सारुक हो । सत्य र न्यायको जित हुन्छ ।’ उनको यो पोस्टले सारुकको आत्महत्या प्रकरणमाथि ठूलो संशय उब्जाएको छ ।

सृष्टिले सारुकको न्यायका लागि लेखेको इन्स्टा पोस्टको कमेन्ट बक्स बन्द गरेकी छन् । उनको पोस्टमा एक पात्रको नाम बारम्बार आएपछि उनले कमेन्ट सेक्सन नै बन्द गरेको बुझिएको छ । उनले सारुकसँग फिल्ममा काम नगरेको भए पनि सारुकले निर्देशन गरेको सर्ट फिल्म ‘हाइड’मा भने अभिनय गरेकी थिइन् । उनीहरुबीच राम्रो मित्रता थियो । सारुकले निधनले उनी विक्षिप्त छिन् ।

 

shristi shrestha


सृष्टिको पोस्टमा अभिनेत्री स्वस्तिमा खड्का, बेनिशा हमाल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, रेश्मा घिमिरे, प्रियंका कार्की, शुभेक्क्षा खड्का, जेनिशा मोक्तानलगायतको लाइक्स छ । सारुकको न्यायको पक्षमा उनीहरुको मौन समर्थन रहेको बुझ्न सकिन्छ । सारुकको आत्महत्यालाई कतिले बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणसँग जोडेर पनि हेरिरहेका छन् ।