मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजनीतिमा प्रवेश गर्दैछन् थलापति विजय ?

एजेन्सी, मुम्बई, 2023/07/12

South Actor Vijay completes 29 years in film industry | साउथ एक्टर विजय को  इंडस्ट्री में पूरे हुए 29 साल, फैन निर्माता ने दिखाया प्यार | Hindi News,  Zee Hindustan Entertainment

 

साउथ सुपरस्टार थलापति विजयले राजनीतिमा प्रवेश गर्न लागेको चर्चा सुरु भएको छ । हालै उनले आफ्नो नाममा खुलेको विजय मक्कल इयक्कम पार्टीका सदस्यहरुसँग भेटघाट गरेपछि उनको राजनीति प्रवेशको चर्चा चलेको हो । सोमवार फिल्म ‘लियो’को छायांकनपछि उनले पार्टीका सदस्यहरुसँग भेटेका थिए । राजनीति प्रवेशभन्दा अघि उनले तमिलनाडुको पदयात्रा गर्न सक्नेछन् ।

उनी अभिनीत ‘लियो’ यस वर्षको १९ अक्टोबरमा रिलिज हुँदैछ । त्यसअघि तमिलनाडुको पदयात्रा गर्ने उनको सोच छ । अघिल्लो महिना उनले तमिलनाडुको सबै निर्वाचन क्षेत्रका १० र १२ कक्षाका टपर्सलाई सम्मान समेत गरेका थिए । त्यसबेलादेखि नै उनी राजनीतिमा आउने चर्चा थियो । विजयले राजनीतिमा प्रवेश गरेपश्चात् फिल्म अभिनयबाट विश्राम लिन सक्ने अनुमान गरिएको छ ।

विद्यार्थीलाई सम्मानित गर्ने समयमा उनले राजनीतिक दलको काम गर्ने तरिकाप्रति असन्तुष्टि व्यक्त गरेका थिए । २०२१ मा विजय मक्कल इयक्कमले तमिलनाडुमा स्थानीय निकायको चुनाव लडेको थियो । र, १६९ सिटमध्ये ११५ सिटमा जित निकालेको थियो । अब विजय तमिलनाडु विधानसभामा चुनाव लड्न सक्ने चर्चा छ । तर, उनले राजनीतिक प्रवेशबारे कुनै जानकारी दिएका छैनन् ।