मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मल्टीप्लेक्समा ‘मिसन इम्पोसिबल ७’को चेपुवामा ‘बगान’

फिल्मीखबर, काठमाडौं, 2023/07/12

bagan nepali movie

 

नेपालका मल्टीप्लेक्सहरुले निरन्तर रुपमा विदेशी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखाको व्यवहार गर्दै आएका छन् । एकै मितिमा विदेशी र नेपाली फिल्म प्रदर्शनमा आए भने नेपाली फिल्मले झारो टार्ने मात्र शोज पाउँछ । यसपटक पनि त्यस्तै देखिएको छ । शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बगान’ हलिउड फिल्म ‘मिसन इम्पोसिबल ७’को चेपुवामा परेको छ ।

‘मिसन इम्पोसिबल ७’लाई नेपालका अधिकांश मल्टीप्लेक्सहरुले पर्याप्त शोज बाँडेका छन् । देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र काठमाडौं उपत्यकामा २७ शो र काठमाडौंबाहिर २२ गरी ४९ शोज दिएको छ । ‘बगान’लाई भने देशभरका स्टेशनमा जम्मा १८ शोज दिइएको छ । अन्य मल्टीप्लेक्सहरुमा पनि ‘मिसन इम्पोसिबल ७’भन्दा आधा शोज पनि ‘बगान’लाई छैन ।

फिल्मले कम शो पाएकोमा निर्माण टिमले भने आपत्ति जनाएको छैन । ‘वर्ड अफ माउथ’ले फिल्म चलाउने विश्वासमा उनीहरु छन् । मंगलबारबाट खुलेको फिल्मको एड्भान्स बुकिङ सुखद छैन । हुन त नेपाली फिल्मको टिकट ‘डोर सेल’ बढी हुन्छ । ‘बगान’लाई बक्स अफिसमा ‘मिसन इम्पोसिबल ७’ ठूलो चुनौती बन्न सक्नेछ । किनकि, यसका अघिल्ला श्रृंखला नेपालमा राम्रो चलेका थिए ।

सरोज खनाल निर्देशित ‘बगान’मा खनाल स्वयं, करिश्मा मानन्धर, प्रमिला कार्की, नीर शाह, मिथिला शर्मा, आकाश श्रेष्ठ, बसुन्धरा भुषालगायतको अभिनय छ । फिल्म एकल महिलाको पुनर्विवाहको कथामा आधारित छ । शुक्रबारबाट फिल्म ‘बिहे पास’ पनि रि-रिलिजको तयारीमा छ । यो फिल्म गत बैशाख १ गते ‘जारी’को चेपुवामा परेर फ्लप भएको थियो । फिल्मले न्यून शोज पाएको छ ।