Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अदृश्य’ गीत : क्लबमा रोमान्टिक प्रमोद र रिश्ता

फिल्मीखबर, काठमाडौं, 2023/07/11

Pramod Agrahari and RISTA BASNET

 

आगामी साउन १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अदृश्य’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘एकचोटी’ बोलको क्लब गीतमा फिल्मका मुख्य कलाकार प्रमोद अग्रहरी र रिश्ता बस्नेत फिचर्ड छन् । विशाल पौडेलको शब्द रचना र संगीत रहेको गीतमा संगीतकार पौडल र सीमा संग्रौलाको स्वर छ । शिशिर खातीको कोरियोग्राफी रहेको गीतको अडियो र भिडियो औसत छ ।

प्रल्हाद काफ्लेको डेब्यू निर्देशित फिल्ममा प्रमोद र रिश्तासँगै सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, विकेश प्रजापती, सिएम भारद्वाज सुवेदी, गीत विष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेलको अभिनय छ । फिल्मको निर्माता मिना बस्नेत र उमारुद्रा काफ्ले हुन् ।

पिताम्बर फिल्मस्को प्रस्तुतिमा रहेको फिल्मको सह-निर्माता रविन अधिकारी र रिकेश खत्री हुन् । आकाश उखेडाको पटकथा तथा संवाद, राकेश रनपालको कथा, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, मुकेश शाहको पार्श्व संगीत, निशान घिमिरेको कलर तथा बनिश शाहको सम्पादन रहेको फिल्मलाई देशभर वितरण गर्ने अधिकार आरआर फिल्म्स (रोहित-रत्न)ले लिएको छ ।