मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.00/5.00)
Text size:-
+
-

पलप्रति दीपकराजको टिप्पणी- ‘हिजो भगवान् बनाए, आज राक्षस भयौ’

काठमाडौं, काठमाडौं, 2023/07/11

Deepak Raj Giri, Paul Shah

 

चर्चित अभिनेता तथा मोडल पल शाह एक घटनाका कारण जेल जीवनमा रहँदा उनको पक्षमा ठूलो जनसमर्थन देखिएको थियो । उनको रिहाइको माग गर्दै सडकमा प्रदर्शनदेखि रक्तदानसम्म आयोजना भए । जब उनी एक वर्ष जेल जीवन विताएर साधारण जीवनमा फर्किए त्यसपछि उनलाई पहिला समर्थन गर्नेहरु अहिले सामाजिक सञ्जालमा तुच्छ शैलीमा गालीगलौज गरिरहेका छन् ।

हालै उनले ‘ह्वाट द फ्लप’ शोमा आफ्नो जेल जीवनको अनुभव खुसी भावमा सुनाएका थिए । त्यो श्रृंखला विवादित भएर युट्युबबाटै हटाइएपछि पलले सोमबार साँझ फेसबुकमा लामो स्टाटस लेख्दै अदालतले सफाई दिइसकेको भए पनि आफूलाई बलात्कारी भन्ने गरिएकोप्रति आपत्ति जनाए । उनले ‘निधारमा बलात्कारी लेखेर देश छाडौँ या रत्नपार्क गएर आत्मदाह गरौँ’ भनेर प्रश्न गरेका छन् ।

पलको स्टाटसलाई लिएर यतिबेला तर्क-वितर्क चलिरहँदा कलाकार तथा निर्माता दीपकराज गिरीले उनीप्रति अर्थपूर्ण टिप्पणी गर्दै हिजो भगवान् बनाएकाहरुले नै अहिले राक्षस बनाएको उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हिजो तिमीलाई भगवान् बनाएको पनि देखियो । आज हेर्दा हेर्दै राक्षस भयौ साथी । त्यसैले विश्वास छैन मलाई यो फेसबुके गाली र प्रशंसामाथि ।’

 

Deepak Raj Giri


दीपकराजले घुमाउरो रुपमा पललाई फेसबुकको ताली र गालीमा नअल्झिन सुझाव दिएको बुझ्न सकिन्छ । उनी यसका भुक्तभोगी हुन् । उनका हरेक एक फेसबुक पोस्टमा कि ताली कि गालीको वर्षा हुने गर्छ । तर, यसलाई उनले सामान्य रुपमा लिने गरेका छन् । सामाजिक सञ्जालको ताली र गाली दुवै घातक मानिन्छ । तर, धैरैजसो कलाकार तालीमा रमाउने र गालीमा आत्तिने गर्छन् ।