मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पलको प्रश्न- ‘निधारमा बलात्कारी लेखेर देश छाडौँ कि आत्मदाह गरौँ ?’

फिल्मीखबर, काठमाडौं, 2023/07/11

पल शाहलाई थुनामा पठाउन अदालतको आदेश

 

अभिनेता पल शाहले अदालतबाट सफाई पाइसकेको भए पनि आफूलाई बलात्कारी भन्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । जेलमुक्त भएपछि दिएको पहिलो टीभी अन्तर्वार्ता ‘ह्वाट द फ्लप’को श्रृंखला विवादित भएर युट्युबबाट हटाइएपछि उनले मंगलबार साँझ फेसबुकमा स्टाटस लेख्दै ‘निधारमा बलात्कारी हुँ लेखेर देश छाडौँ या रत्नपार्क गएर आत्मदाह गरौँ’ भनेर प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘अदालतबाट सफाई पाइसकेपछि पनि मैले निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिँडौँ कि दुःख-पीडालाई हाँसोले जितेर मेरो नर्मल जीवनयापन गरौँ ? मलाई पल शाह बनाएको तपाईँहरुले हो, यसकारण म प्रश्न पनि तपाईंहरु समक्ष नै गर्न चाहन्छु म के गरौँ ? कसरी बाँचौं ? कसरी हिँडौं ? कसरी बोलौँ ? कसरी खाऊ ? कसरी लाऊ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?’

आफूलाई बलात्कारीको ट्याग दिँदा परिवारमा पर्ने आघातका बारेमा सोचिदिन पल शाहको आग्रह छ । एक वर्षको जेल जीवनलाई युनिभर्सिटीको संज्ञा दिँदै उनले त्यहाँ (जेलभित्र) देखेका र सिकेका कुराहरु रोएर मात्र बोल्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् । कसैको नाम उच्चरण नगरीकन आफूले भोगेका र देखेका कुराहरु हाँसेरै सरकारसामु अपिल गर्दा पनि गाली खाएको उनको गुनासो छ ।

 

paul shah


उनी लेख्छन्, ‘एक वर्षे कारागार बसाईंमा मैले पाएका दुःखलाई आँसुले छिपिक्क भिजाएको छु । पीडाको पहाड छ । तर ती सबै भुलेर मैले कसैको अपमान नगरी, कसैको नाम समेत उच्चारण नगरी दुःखलाई खुसी मुद्रामा साट्दा तपाईंहरुमा परेको असरप्रति क्षमा चाहन्छु । कानुनले ‘तँ’ सही छस् भनेर सफाई दिएको विषय जोडेर बारम्बार प्रहार हुँदा जीवन जिउने अभिलाषा सकिँदो रहेछ ।’