एक्सन तथा लभस्टोरी फिल्म ‘दान्भी’को एक हप्ताअघि गीतबाट छायांकन सुरु भएको थियो । गीतको छायांकन सकिएसँगै निर्माण टिमले केही अचल तस्बिरहरु मिडियालाई उपलब्ध गराएको छ । प्राप्त तस्बिरमा डेब्यू ब्वाई कुन्साङ बोम्जमसँग अभिनेत्री पूजा शर्मा रोमान्टिक अवतारमा देखिएकी छन् । उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ । तस्बिरमा पूजा बोल्ड पहिरनमा प्रस्तुत छिन् ।
‘तिमीलाई दिने मायाको खानी’ बोलको गीतमा हरि बहादुर घलेको छायांकन रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी छ । गीतको भिडियोका लागि निर्माण टिमले निकै मिहिनेत गरेको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतलाई केही हप्तामा प्रदर्शन मितिसहित सार्वजनिक गर्ने तयारी गरिएको छ । रुपेश तामाङको निर्देशनमा बनिरहेको फिल्ममा रविना थापा मगरको कथा छ ।
फिल्मको यतिबेला काठमाडौंमा एक्सनको छायांकन भैरहेको छ । यसपछि बाँकी छायांकन दार्जिलिङमा गर्ने तयारीमा निर्माण पक्ष छ । फिल्ममा पूजा एक्सन अवतारमा प्रस्तुत हुँदैछिन् । यसका लागि उनले दुई हप्तासम्म एक्सनको तालिम समेत लिएकी थिइन् । पहिलो पटक एक्सन भूमिकामा प्रस्तुत हुन उनी उत्साहित देखिएकी छन् । भदौबाट उनले फिल्म ‘उपहार’को छायांकन गर्दैछिन् ।