मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भारतीय मिडियासँग बालेनले भने- ‘आदिपुरुष’ संसारभर रोक लगाइनुपर्छ’

फिल्मीखबर, काठमाडौं, 2023/07/10

Balen

 

भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश सीता मातासम्बन्धी संवादप्रति आपत्ति जनाउँदै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरको क्षेत्राधिकारभित्रका हलमा सम्पूर्ण हिन्दी फिल्मको प्रदर्शनमा नै प्रतिबन्ध लगाए । पछि उच्च अदालत पाटनले हिन्दी फिल्मको प्रदर्शन नरोक्न आदेश दियो । बालेनको त्यो साहसिक कदमलाई जनस्तरबाट भने व्यापक समर्थन मिलेको थियो ।

‘आदिपुरुष’को बारेमा मेयर शाहले भारतको दैनिक भाष्करलाई अन्तर्वार्ता दिँदै फिल्म रामायणमाथि बनेकाले सीतालाई भारतीय भन्नु नेपालको मात्र आपत्तिको विषय नभएको बताएका छन् । यो फिल्मको विश्वमै प्रदर्शन रोक लगाइनु पर्ने बताउँदै उनले नेपालमा आफूले मेयरको हिसाबमा बोलेको धारणा राखेका छन् । यो विषयमा नेपाल सरकारको नै ध्यान जानुपर्ने मेयर शाहको भनाई छ ।

फिल्मले पार्ने प्रभावबारे बलिउडको उदाहरण दिँदै उनले भनेका छन्, ‘बलिउड फिल्ममा पाकिस्तानमा सिर्फ गोली चलेको र बम पड्किएको देखाइन्छ । यसलाई देखेर श्रीलंका र नेपालका जनता पाकिस्तान जान डर मान्छन् । मान्छेलाई लाग्छ कि पाकिस्तानमा आतंकवादी मात्रै बस्छन् । यसप्रकारको इमेज फिल्मले बनाउँछ । फिल्म यति शक्तिशाली हुन्छ कि मान्छेको सोच बदल्न सक्छ ।’

कुनै फिल्मले सीतालाई भारतीय भन्छ भने मानिसले त्यसैलाई सही ठान्ने मेयर शाहको बुझाई छ । ‘नेपालको नागरिकको हिसाबले यसको विरोध गर्न आवश्यक छ,’ मेयर शाहले भनेका छन्, ‘सबै हिन्दी फिल्मको विरोध यसकारण गरिएको हो कि यो हाम्रो देशमा विकिरहेको छ र नेपालमा भारतको व्यापार छ । यहाँका नागरिकले यो भन्न सक्ने हैसियत राख्न आवश्यक छ कि यो सही होइन ।’