मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शाहरुखको धमाकेदार ‘जवान’ प्रिभ्यू

एजेन्सी, मुम्बई, 2023/07/10

Jawan Prevue: Shah Rukh Khan stuns in a completely new avatar! Hindi Movie,  Music Reviews and News

 

फिल्म ‘जीरो’को असफलतापछि चार वर्ष ब्रेक लिएका बलिउड सुपरस्टार शाहरुख खानले फिल्म ‘पठान’बाट जबर्जस्त कमब्याक गरे । अब सेप्टेम्बर ७ मा उनको नयाँ फिल्म ‘जवान’ प्रदर्शन हुँदैछ । सोमबार सार्वजनिक फिल्मको प्रिभ्यूले ब्लकबस्टरको ग्यारेन्टी गर्छ । प्रिभ्यूमा शाहरुखको लुक्स र एक्सन अवतार जबर्जस्त छ । फिल्मलाई साउथ निर्देशक एट्ली कुमारले निर्देशन गरेका हुन् ।

एक्सन, थ्रिल र इन्टेन्स ड्रामाबाट भरपूर प्रिभ्यूमा फिल्मका सबै प्रमुख कलाकार प्रस्तुत छन् । प्रिभ्यूमा ‘सरप्राइज’ अभिनेत्री दीपिका पादुकोणको इन्ट्री हो । फिल्ममा उनको अभिनय छ भन्ने जानकारी निर्माण टिमले गराएको थिएन । प्रिभ्यूमा उनलाई प्रस्तुत गर्दै फिल्ममा ‘स्पेशल अपिरियन्स’ रहेको उल्लेख छ । पानीमा कसैसँग भिड्दै गरेको अवस्थामा उनलाई प्रिभ्यूमा चित्रण गरिएको छ ।

पावर प्याक्ड एक्सन फिल्ममा साउथकी अभिनेत्री नयनतारा शाहरुख खानको अपोजिटमा छिन् । सान्या मल्होत्रा, प्रियमणि, सुनील ग्रोवर, विजय सेतुपथीको पनि फिल्ममा महत्त्वपूर्ण भूमिका छ । साउथ सुपरस्टार विजय सेतुपथी फिल्ममा केमियो भूमिकामा छिन् । प्रिभ्यू टिजरमा उनको एक झलक देख्न पाइन्छ । यो फिल्ममा शाहरुख पिता र छोराको गरी दोहोरो भूमिकामा रहेको चर्चा छ ।  

‘जवान’ पेन इन्डिया फिल्म हो, जुन हिन्दी, तमिल तथा तेलुगू भाषामा एकसाथ प्रदर्शनमा आउनेछ । गत वर्ष फिल्मको घोषणा हुँदा शाहरुखको लुक्सले ठूलो चर्चा कमाएको थियो । उनको अनुहारमा पट्टी बाँधिएको थियो । प्रिभ्यू टिजरमा पनि उनी यही लुक्समा प्रस्तुत छन् । केही दृश्यमा उनलाई रोमान्टिक अवतारमा पनि देख्न सकिन्छ । ‘जवान’लाई ठूलो क्यानभासमा तयार पारिएको छ ।