मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गायक तथा अभिनेता रविन तामाङको अन्त्येष्टि

फिल्मीखबर, काठमाडौं, 2023/07/09

robin tamag

 

रक गायक तथा अभिनेता रविन तामाङको निधनको पाँच दिनपछि आइतबार अन्त्येष्टि गरिएको छ । दिउँसो साढे १२ बजे उनको तामाङ परम्पराअनुसार शोभा भगवतीमा अन्तिम संस्कार गरिएको हो । अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर नेपाल संगीत तथा नाट्य एकेडेमीमा राखिएको थियो । जहाँ मन्त्रीदेखि सर्वसाधारणसम्मले तामाङप्रति श्रद्धाञ्जली अर्पण गरे ।

गत मंगलबार साँझ उनको काठमाडौं बुढानिलकण्ठस्थित घरमा निधन भएको थियो । त्यसपछि तामाङको शवलाई पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । उनका दुई छोरीहरु शनिबार साँझ फ्रान्सबाट नेपाल आएपछि आइतबार अभिनेता रविनको अन्तिम संस्कार गरिएको हो । फिल्म र संगीत क्षेत्रमा उनको योगदान अतुलनीय मानिन्छ ।

नेपालको ‘स्टार’ रक गायकको रुपमा चिनिएका उनका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता धेरै गीत चर्चित छन् । उनी अभिनयमा समेत अब्बल थिए । उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत दुई दर्जनभन्दा बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । विशेषगरी उनी भिलेनको भूमिकामा देखिने गरेका थिए ।

 

robin tamag


ब्रिटिश सेनामा सक्रिय परिवारको कान्छो सन्तानको रुपमा रविनको जन्म सिंगापुरमा भएको थियो । उनी बाल्यकालबाटै अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र लन्डनको अंग्रेजी रक ब्यान्ड डीप पर्पलबाट प्रेरित थिए । उनी अभिनीत पछिल्लो रिलिज फिल्म ‘छड्के २’ हो, जसमा उनी भिलेनको भूमिकामा थिए । उनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा पनि काम गरेका छन् ।