मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सम्झौता गरेका फिल्म नबन्दा समय बर्बाद गर्दैछु भन्ने लाग्यो : नीति शाह

फिल्मीखबर, काठमाडौं, 2023/07/09

Niti Shah

 

मिस नेपाल पृष्ठभूमिकी नीति शाहले कुनै बेला अनगिन्ती फिल्मको प्रस्ताव नकारिन् । जब उनी फिल्ममा काम गर्न तयार भइन् तब सम्झौता गरेका फिल्म समेत बन्न सकेका छैनन् । उनको फिल्म सम्झौतामा ह्याट्रिक भैसकेको छ । ‘हुतुतु’ नीतिले सम्झौता गरेको पहिलो फिल्म थियो भने ‘एक्स ९’मा अघिल्लो वर्ष अनुबन्धित भएकी थिइन् । तर, यी दुईवटै फिल्मको निर्माण अन्योल बनेको छ ।

गत फागुनमा उनले तेस्रो फिल्मको रुपमा ‘कामिनो’ सम्झौता गरेकी थिइन् । उनी केही हप्ता फिल्मको कार्यशालामा सहभागी पनि भइन् । तर, विभिन्न कारणले निर्धारित समयमा छायांकन सुरु हुन नसक्दा उनले फिल्मबाट हात झिकेकी छन् । फिल्म छाडेपछि उनी अभिनय सिक्नका लागि मुम्बईतिर हानिएकी छन् । त्यहाँ उनले अनुपम खेरको एक्टिङ स्कूलमा अभिनयको कोर्ष गर्दैछिन् ।

सम्झौता गरेका फिल्म निर्माण हुन नसकेपछि निराश देखिएकी नीतिले आइतबार इन्स्टाग्राममा एक नोट लेख्दै अभिनय निखार्नका लागि आफ्नो कौशल र आत्मविश्वासमा धेरै काम गर्नुपर्ने भएकाले अभिनयबारे थप सिक्न र जान्न मुम्बई आएको जानकारी गराएकी छन् । सम्झौता गरेका फिल्महरु स्थगित भैरहँदा आफूले समय बर्बाद गरिरहेको महसुस भएको समेत उनले उल्लेख गरेकी छन् ।

 

niti shah



नीति लेख्छिन्, ‘जुन फिल्म मैले सम्झौता गरेको थिएँ, ती स्थगित भए । र, मलाई लाग्यो कि म आफ्नो समय बर्बाद गर्दैछु । फेसन क्षेत्रमा मैले १० वर्ष काम गरेँ तर अभिनय भनेको अर्कै कुरा हो । यसैले मलाई लाग्यो कि मैले आफ्नो कौशल र आत्मविश्वासमा धेरै नै काम गर्न आवश्यक छ ।’ उनले आफूले नेपालमा पनि अभिनयको कक्षा लिएको र त्यसबाट धेरै मद्दत मिलेको बताएकी छन् ।